मौद्रिक नीतिमा बैंकदर १ प्रतिशतले घटाइयो

मौद्रिक नीतिमा बैंकदर १ प्रतिशतले घटाइयो

  • सुश्मिता वानिया

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदर घटाएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक समिक्षा मार्फत नेपाल राष्ट्र« बैंकले मौद्रिक नीतिमा बैंकदर १ प्रतिशतले घटाएको हो ।

बाह्य क्षेत्रमा आएको सुधारका कारण वित्तीय प्रणालीमा तरलताको स्थिति सहज भएको राष्ट्र बैंकले जनाएको छ । यद्यपी, ब्याजदर करिडोर अन्तर्गतका अन्य दरहरूलाई भने यथावत राखिएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंकदर १ प्रतिशतले घटाउने गरि केही लचकता अपनाएको छ । शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंकदरलाई ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत कायम गरेको हो । मौद्रिक नीतिको कार्यदिशालाई मुद्रास्फिति र विदेशी विनिमय सञ्चितीको वर्तमान अवस्था र सम्भावित परिदृश्यको आधारमा समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधिहरु चलायमान बनाउन सहयोग पुर्याउने गरी मौद्रिक नीति केही लचिलो बनाएको राष्ट्र बैकले जनाएको छ । आगामी दिनमा ब्याजदर अझै घट्न सक्ने गर्भनर महाप्रसाद अधिकारीले बताएका छन् ।

अर्थतन्त्र क्षेत्रमा भएको शिथिलतालाई चलायमान बनाउनका लागि मौद्रिक नीति लचिलो बनाएको गर्भनर अधिकारीले बताएका छन् । अर्थतन्त्रको सुधारका लागि होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्वन्धित कर्जामा पुर्नसंरचनाको व्यवस्था गरेको छ । त्यस्तै, ५ करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुर्नतालिकीकरण गर्न सक्ने व्यवस्था पनि गरेको छ ।

यसअघि राष्ट्र बैंकले कर्जाको ब्याजदर पनि हरेक महिना परिवर्तन गर्नुपर्ने गरी नीति संशोधन गरेको थियो । यसले तत्काल कर्जाको ब्याजदर पनि घट्ने देखिएको छ । शिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि केहि साता यता प्रधानमन्त्री र अर्थमन्त्रीले सार्वजनिक रुपमै केन्द्रीय बैंकले मौद्रिक नीति लचिलो बनाउनु पर्ने दबाब दिँदै आएका थिए ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *