
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंमा लगिएको छ ।
खाँणलाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिनका लागि अदालत लगिएको हो ।
बुधबार विहान खाँणलाई प्रहरीले उनकै निवासबाट पक्राउ गरेको थियो । प्रहरीले उनको हातमा हतकडी भने लगाएको छैन ।