म्यानचेस्टर सिटीलाई जरिवाना

म्यानचेस्टर सिटीलाई जरिवाना

एजेन्सी ।

इङ्ल्यान्डको द फुटबल एसोसिएसन (एफए) ले इङग्लिस फुटबल क्लब म्यानचेस्टर सिटीलाई १ लाख २० हजार पाउन्ड जरिवाना लगाएको छ।

इङ्लिस प्रिमियर लिगअन्तर्गत मंसिर १७ मा भएको टोटेनहमको खेलमा खेलाडीले रेफ्रीसँग अनुचित व्यवहार गरेका कारण सिटीमाथि जरिवाना लगाएको हो।

टोटेनहमसँग ३–३ गोलको बराबरीमा रोकिएको खेलमा खेलाडीलाई नियन्त्रणमा राख्न नसकेको एफएले आरोप लगाएको थियो। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सिटीलाई एफएले आरोपको जवाफ पठाउन डिसेम्बर ७ सम्मको समय दिएको थियो।

सिटीका खेलाडीहरूले अनुचित व्यवहार देखाउँदै रेफ्रीसँग विवाद गरेको र औचित्य पुष्टि गर्न नसकेका कारण स्वतन्त्र नियामक आयोगको सुनुवाइपछि जरिवाना तोकिएको एफएले जनाएको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *