यन्त्र-उपकरणसहित आज बालुवाटार र संसद भवनमा निर्माण व्यवसायीकाे धर्ना

यन्त्र-उपकरणसहित आज बालुवाटार र संसद भवनमा निर्माण व्यवसायीकाे धर्ना

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले आज मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटार र संघीय संसद भवन अगाडि शान्तिपूर्ण धर्ना दिने भएकाे छ । हिजाे साेमबार पनि बालुवाटारमा बिहान ९ बजेदेखि १० तथा संघीय संसद भवन अगाडि दिउँसो ३ बजेदेखि ४ बजेसम्म धर्ना दिइएको थियाे ।

बालुवाटारमा विहान धर्ना कार्यक्रमको शुरुवात गर्दै महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूका जायज मागप्रति राज्य अनुदार भएका कारण महासंघ आन्दोलनमा उत्रिएको बताएका थिए । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका पूर्व अध्यक्ष सुकुन्तलाल हिराचनले राज्यले निर्माण उद्योगको महत्व बुझ्न नसकेको टिप्पणी गरे । महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायीहरूको वास्तविक मर्मलाई राज्य, संचार माध्य कसैले बुझ्न नसकेको भन्दै अझ सशक्त आन्दोलन अपरिहार्य रहेको बताए ।

महासंघका सल्लाहकार एवं पूर्व वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले मुलुकको निर्माण उद्योग कठिन अवस्थामा रहेको बताएका थिए । महासंघका महासचिव रोशन दाहालले आन्दोलन व्यवसायीहरूको रहर नभई बाध्यता भएको बताए ।

त्यस्तै संघीय संसद् अगाडिकाे धर्नामा महासंघका अध्यक्ष रवि सिंहले महासंघको आन्दोलन समृद्ध निर्माण उद्योगका लागि भएकाले सबैलाई साथ दिन आग्रह गरेका थिए । महासचिव रोशन दाहालले निर्माण कार्यमा कुनै समस्या आएमा अरु सबैले उन्मुक्ति पाउने तर निर्माण व्यवसायीहरूलाई मात्र थरी थरीका सजाय थोपर्नु अनुचित भएको धारणा राखे  ।

महासंघले आज बिहान ८ बजेदेखि ९ बजेसम्म प्रधानमन्त्री निवास र दिउँसो ३ बजेदेखि ४ बजेसम्म संघीय संसद् अघि निर्माण कार्यमा प्रयोग हुने यन्त्र उपकरण सहित प्रर्दशन गर्ने जनाएकाे छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *