यशोदा फुड्सद्धारा ब्राण्ड एम्ब्यासेडोरको घोषणा, ब्रान्ड एम्ब्यासेडोरमा केकी अधिकारी चयन

यशोदा फुड्सद्धारा ब्राण्ड एम्ब्यासेडोरको घोषणा, ब्रान्ड एम्ब्यासेडोरमा केकी अधिकारी चयन

काठमाडौँ । लोकप्रिय नेपाली चाउचाउ कम्पनी यशोदा फुड्सले आफ्नो ब्रान्ड एम्ब्यासेडोरको घोषणा गरेको छ । यशोदा फुड्सले आफ्नो लोकप्रिय उत्पादन करेन्ट नुडल्स तथा स्न्याक्सको लागी ब्रान्ड एम्ब्यासेडर चयन गरेको छ ।

कम्पनीले नेपाली चलचित्र जगतकी चिरपरिचित अभिनेत्री केकी अधिकारीलाई ब्रान्ड एम्ब्यासेडर चयन गरिएको जानकारी दिएको छ । काठमाडौँमा एक भब्य कार्यक्रमको आयोजना गर्दै कम्पनीले सो कुराको जानकारी दिएको थियो ।

यशोदा फुड्सको अत्यधिक लोकप्रिय चाउचाउ करेन्ट नुडल्सको ब्रान्ड एम्ब्यासेडोर घोषणाको लागि आयोजित कार्यक्रममा नायिका केकी अधिकारीलगायत कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यशोदा फुड्स प्रा.लि.ले सन् २०१७ मे महिना देखि आफ्नो ब्यवसायको थालनी गरेको थियो । सुरुवाती दिनमा लाली र करेन्ट ब्राण्ड अन्तर्गत तयारी चाउचाउ उत्पादन गर्ने सोँचका साथ रुपन्देहीको तिलोत्तमाबाट कम्पनीले आफ्नो उत्पादनको सुरुवात गरेको थियो ।

हाल कम्पनीले बिभिन्न ब्राण्डका चाउचाउतथा स्न्याक्सहरु उत्पादन गरी नेपाल तथा विश्वका बिभिन्न मुलुकहरुमा निर्यात गर्दै आइरहेको छ । सुपर प्रिमियम सेगमेन्टअन्र्तगत कम्पनीले करेन्ट हट एण्ड स्पाईसी, करेन्ट २× स्पाईसी, करेन्ट हट एण्ड लेमन स्पाईसी नुडल्स, करेन्ट चिज एण्ड बटर, करेन्ट मसरुम तथा करेन्ट कप नुडल्सको उत्पादन गरिरहेको छ भने प्रिमियम सेगमेन्टअन्र्तगत करेन्ट, लालीलगायतका चाउचाउहरु उत्पादनमा छन ।

त्यसैगरी प्रिमीयम स्न्याक्स सेगमेन्ट अन्र्तगत, करेन्ट चिजवल, करेन्ट हट एण्ड स्पाईसी स्टीक्स, करेन्ट पोटेटो क्रयाकर, करेन्ट पोटेटो स्टीक्स, करेन्ट अचारी स्टीक्स, करेन्ट हट एण्ड लेमन स्टीक्स, करेन्ट ओनियन रिङ्ग, करेन्ट मखनालगायतका प्रिमियम स्न्याक्सको उत्पादन गरी नेपाललगायत विदेशमा समेत निर्यात गरिरहेको छ ।

गुणस्तरीय चाउचाउ र स्न्याक्स उत्पादन गरी नेपाललगायत विदेश (भारत, जापान, भुटान, दुवई, अस्ट्रेलिया, युरोप, युके, अमेरीका, क्यानेडा, मलेसिया, सिङ्गापुर लगायत) मा निर्यात गरिरहेको यस कम्पनीले आफ्ना उत्पादन र ब्राण्डप्रतिको उपभोक्ताको दिन प्रतिदिनको विश्वास र भरोसा नै आफ्नो सम्पती र ख्याती भएको कुरासमेत कम्पनीले जनाएको छ ।

हाल यस कम्पनीको उत्पादन करेन्ट हट एण्ड स्पाईसी नुडल्स नेपालमा सर्वाधिक रुचाईएको चाउचाउअन्र्तगत पर्दछ भने नेपालको परिपेक्षमा यो चाउचाउ १ नम्बर स्थानमा पर्दछ । आजको दिनमा यस कम्पनीकाचाउचाउतथा स्न्याक्सप्रति दैनिक रुपमा आम उपभोक्ताको माग र विश्वास बढ्दै गएको छ ।

उपभोक्ताको मागअनुसारका उत्पादनहरु बजारमा पस्कदै छोटो समयमा नै अत्यधिक बजार हिस्सा ओगट्न सफल कम्पनीका रुपमा पनि यशोदा फुड्स परिचित छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *