यसपटक सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले नै प्रस्तुत गर्ने

यसपटक सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले नै प्रस्तुत गर्ने

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले नै संसदमा प्रस्तुत गर्ने भएका छन् ।

आज (आइतबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख तीन कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा यसबारे सहमति जुटेको बताइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ रहेको र उनको स्वास्थ्यमा पूर्ण सुधार आइनसकेका कारण नीति तथा कार्यक्रम प्रधानमन्त्रीले नै पढेर सुनाउनेबारे सहमति जुटेको हो ।

राष्ट्रपति पौडेलले संक्षिप्त रुपमा नीति तथा कार्यक्रम पढ्ने र बाँकी पूरा पाठ प्रधानमन्त्रीले नै पढ्ने सहमति भएको जनाइएको छ । यसबारे संसदको कार्यव्यवस्था समितिले निर्णय गर्नेछ ।

सरकारले आगामी आर्थिक वर्षका लागि जेठ ३ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *