कपिलवस्तु , भदौ १
नेपाली कंग्रेसको भातृ संगठनका नेपाल बिद्यार्थी संघले बिधान २०२७ को सातौं संशोधन २०७५ को प्रावधान अनुसार राकेश यादवलाइ महाराजगजं नगरपालिकाको संयोजकको जिम्मेवारी दिएको छ ।
यादव महाराजगजं नपा – ११ बडा गाउँ निवासी हुन् र उनि लामो समय देखी नेपाल बिद्यार्थी संघमा आबद्ध रहि विद्यार्थी राजनीतिमा सक्रिय रहेका छन् । उनको सक्रिय र संगठन प्रतिको इमानदारीताका कारण उनलाई संयोजकको जिम्मेवारी दिएको जिल्ला नेतृत्वको भनाइ रहेको छ । उनि गत स्वाब्यु निर्वाचनमा सभापति उम्मेदवार समेत रहेका थिए । उनि सानो मताआन्तरले पराजित भएपनि उनको नेतृत्वमा समुनपातिकको दुइ सिट ने.बि. संघले जितेको थियो ।