याेगदान राष्ट्रकाे लागि कृष्णनगर नगरस्तरीय समिति गठन अध्यक्षमा गुप्ता

कपिलवस्तु , मंसिर ९

“प्राथमिक उपचार हाम्रो सरोकार” भन्ने नारालाई सार्थक बनाउन संचालित योगदान राष्ट्रको लागीले कृष्णनगर नगरपालिकामा नगर कमिटी गठन गरेको छ ।यो गदान राष्ट्रको लागी कृष्णनगर नगरपालिकामा कमलेश चन्द्र गुप्ताको अध्यक्षतामा १३ सदस्यीय नगर कार्य समिति गठन गरिएको हो । यस्तै उपाध्यक्ष पुनिता चौधरी , सचिव बन्धना चौधरी , कोषाध्यक्ष अजय हरिजन
सदस्यहरु पार्वती यादव , मुक्तार अहमद , निलम चौधरी , नेहा यादव , हरि नारायण पाल , सुरेन्द्र प्रसाद यादव रहेक छन भने सल्लाहकारमा जंबहादुर शाही , निरहु यादव र अमित चौधरी सर्ब सम्मबाट चयन भएका छन ।

उक्त कार्यक्रमकाे अध्यक्षता योगदान राष्ट्रको लागि कपिलवस्तु शाखा जिल्ला संयोजक राम शब्द यादव, प्रमुख अथिति कृष्णनगर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष सतीश निगम , विशिष्ट अतिथि श्री राम गोरखा माध्यमिक विद्यालयका शिक्षक जंग बाहदुर शाही र अतिथि योगदान राष्ट्रको लागि शिवराज नगरपालिका नगर अध्यक्ष मेनुका बस्नेत लगायत अन्य व्यक्तिहरुकाे उपस्थित रहेको थियो ।

कार्यक्रम सञ्चालन योगदान राष्ट्रको लागि कपिलवस्तु शाखा सल्लाहकार इन्दु थारुले गर्नु भएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top