यी हुन् नेपाल नेटवर्क टेलिभिजनको ‘दोहोरी आइडल’ का उत्कृष्ट ४२ प्रतियोगी

यी हुन् नेपाल नेटवर्क टेलिभिजनको ‘दोहोरी आइडल’ का उत्कृष्ट ४२ प्रतियोगी

काठमाडौँ।

नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) ले ‘दोहोरी आइडल’ का उत्कृष्ट ४२ प्रतियोगी सार्वजनिक गरेको छ । ‘दोहोरी आइडल’ नेपालको पहिलो बहुभाषिक रियालिटी शो हो जसमा सहभागीले नेपाली, मैथिली, पहाडी, भोजपुरी, तामाङ र नेवारी भाषामा प्रस्तुति दिनेछन् । काठमाडौंमा आयोजितत एक कार्यक्रमको आयोजना गर्दै आइडलका उत्कृष्ट ४२ प्रतियोगीलाई प्रमाणपत्र वितरण गरिएको छ ।

दोहोरी आइडलको उत्कृस्ट २० टिमका सहभागीहरुमा सविन आचार्य, रीता रावत, सपना रोका, विक्रम बालु विश्वकर्मा, तारा थापा, टेकराज भण्डारी, रवीन्द्र सुनार, निर्भता बस्नेत, सुस्मा ठकुरी, रत्न श्रेष्ठ, सरोज सिम्खडा, आशा केसी, संगीता थापा, सुरेन्द्र ज्याली मगर, वपु सविता परियार, अनिल सुनार, निशान्त विक, लक्ष्मी बस्नेत, सिदार्थ आले, प्रिती गिरी, सुमन खड्का, शर्मिला बिसी, सानु केसी, सविता ढुङ्गाना, प्रकाश दुरा, खुस्बु सुनार, विजय बाँनिया, लक्ष्मी भण्डारी, विवेक धिताल, जमुना सुनार, दिपेन्द्र पौडेल, राममाया थापा, मीना नेपाल, प्रशन्न पाठक ÷राजेन्द्र पाठक, अर्जुन खड्का, सचिन भइराई, तिर्सना बुढा क्षेत्री, जीवन सिग्देल, रेनुका भट्टराई, प्रितम पोखरेल, बीना अनुरागी, राजेन्द्र पाठक, शान्ति भुसाल रहेका छन् ।

 नेपालमा पहिलो पटक लिगस्तरीय दोहोरी रियालिटी शो ‘दोहोरी आइडल’ हुने भएको छ । नेपालका प्रतिष्ठित ४२ कलाकारहरुबीच हुने प्रतिस्पर्धाको विजेताले नगद दश लाख र कार प्राप्त गर्नेछन् ।

 ‘दोहोरी आइडल’ को उपविजेताले नगद तीन लाख र मोटरसाइकल प्राप्त गर्नेछन्। डीएआर मुभिजको फर्म्याटमा बनेको ‘दोहोरी आइडल’ का निर्देशक प्रभावन जे रहेका छन् ।

 आयोजकका अनुसार पहिलो राउण्ड सुटिङ सकिएको छ र यसको अफिसियल ट्रेलर छिट्टै सार्वजनिक गरिने छ । ट्रेलर सार्वजनिक भए संगै प्रतियोगिताको जजहरु रिभिल गरिनेछ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *