युनिटी कप टी–२० सिरिजमा नेपाल विजयी

युनिटी कप टी–२० सिरिजमा नेपाल विजयी

युएईमा जारी ‘युनिटी कप’ अन्तर्गत दोस्रो टी–२० खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै सिरिज एक खेल अगावै आफ्नो बनाएको छ।
पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ६८ रन तथा सन्दीप जोराले ६३ रनको योगदान दिए।
१७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७.१ ओभरमै ८३ रनमा अलआउट भयो। बलिङतर्फ नेपालका मोहम्मद आदिल आलमले ४ विकेट तथा कुशल भुर्तेलले ३ विकेट लिए।
यसअघि शनिबार भएको पहिलो खेलमा पनि नेपाल विजयी भएको थियो। लगातार दुई खेल जितेसँगै नेपालले सिरिजमा अपराजित रहँदै उपाधि हात पारेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *