युवराजले ल्याए छन्त्यालको गीत

युवराजले ल्याए छन्त्यालको गीत

गायक युवराज छन्त्यालले छन्त्याल परें म त बोलको मेला महोत्सवमा घन्किने सम्भावना बोकेको गीत सार्वजनिक गरेका छन्। लामो समययता गीत संगीतमा मेहनत गर्दै आएका युवराजले एक दर्जन बढी गीतका शब्द लेख्दै स्वर भर्ने क्रममा यो गीत सार्वजनिक गरेका हुन्।

बजाउ“दै पञ्चेबाजा बोलको गीतबाट मौलिक गायकको अवार्ड पाएका उनले यो गीत भने छन्त्यालहरूको एकताका लागि तयार पारेको बताए। गीतकी गायिका जया छन्त्यालले पनि दर्जनौं गीत गाएकी छन्। गीतमा शब्द र संगीत युवराजकै छ।

सिवन पोखरेलको कोरियोग्राफी र निर्देशन रहेको गीतको भिडियोमा अमृत, कोपिला, मनोहर, कृष्ण, गंगँ, जमुना, लिनिसा र सिर्जना छन्त्यालले अभिनय गरेका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *