युवा उद्यमशीलता तेस्रो शिखर सम्मेलनको प्रायोजक राष्ट्रिय वाणिज्य बैंक

युवा उद्यमशीलता तेस्रो शिखर सम्मेलनको प्रायोजक राष्ट्रिय वाणिज्य बैंक

नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा राष्ट्रिय वाणिज्य बैंक मुख्य प्रायोजक बन्ने भएको छ । शिखर सम्मेलन नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई)ले संयुक्त रूपमा आयोजना गर्दै छन् । सन् २०१९ बाट सुरु भएको यो सम्मेलनको पहिलो र दोस्रो शिखर सम्मेलनमा पनि राष्ट्रिय वाणिज्य बैंक नै मुख्य प्रायोजक रहेको थियो । भदौ ३० मा हुने तेस्रो शिखर सम्मेलनको मूल नारा ‘युवा नवप्रवर्तन ः लगानी र समृद्धि’ राखिएको छ । पछिल्लो वित्तीय चुनौतीको समाधान पहिल्याउन तथा युवा उद्यमशीलता प्रवद्र्धनका लागि लगानीका प्राथमिकता प्राप्त क्षेत्रको पहिचान गरी स्टार्टअप उद्यममा युवाहरूको आकर्षण बढाउन सफल हुने आयोजकको अपेक्षा छ ।

एभ्रेष्ट बैंकका ग्राहकलाई ओम अस्पतालमा विशेष छुृट

एभरेष्ट बैंक लिमिटेड र चाबहिलको ओम अस्पतालबीच बैंकका ग्राहकलाई १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकका सम्पूर्ण ग्राहकले उक्त अस्पतालका विभिन्न सेवामा १० प्रतिशतसम्मको छुट पाउने सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ताका साथै कर्मचारी तथा तिनका पारिवारिक सदस्यले उक्त अस्पतालबाट आइपिडी–डायग्नोस्टिक्स, फार्मेसी र फिजियोथेरापीमा १० प्रतिशत छुट पाउने जनाइएको छ । त्यस्तै, दन्त सेवामा पाँच प्रतिशत छुट पाउने उल्लेख छ ।

अकामा होटलको नाफा बढ्यो

अकामा होटलको नाफा ७६ प्रतिशतले वृद्धि भएको छ । सानिमा ग्रुपको लगानी रहेको काठमाडौस्थित धुम्बाराहीमा रहेको चार तारे उक्त होटलको सञ्चालन नाफा ७६ प्रतिशतले बढेको हो । रेटिङ कम्पनी केयर रेटिङ्स नेपालका अनुसार वित्तीय वर्ष सन् २०२१ मा १० करोड रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीको नाफा वित्तीय वर्ष सन् २०२२ मा ७६ प्रतिशतले वृद्धी भइ १७ करोड ६० लाख रुपैयाँ कायम भएको छ । कम्पनीले वित्तीय वर्ष सन् २०२० मा २ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो । सरकारले पर्यटनको विकासलाई प्राथमिकता दिनुका साथै नेपालमा घुम्न आउने पर्यटकहरुको संख्यामा सुधार आएसँगै कम्पनीको व्यापारमा सुधार आएको केयर रेटिङ्सले जनाएको छ ।

तनहुँ जलविद्युत आयोजनाको प्रगति आधा सम्पन्न

तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ४३ प्रतिशत भएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको आयोजना निर्माण सुरु भएको ४ वर्षमा समग्र प्रगति ४३ प्रतिशत पुगेको हो । अहिले ३ वटा खण्डमा काम तीव्र गतिमा भइरहेको उक्त आयोजना निर्माण कम्पनिले जनाएको छ । जसमा प्याकेज–१ अन्तर्गत बाँध निर्माण २५ प्रतिशत, प्याकेज २ अन्तर्गत विद्युत् गृह निर्माण ४५ प्रतिशत र प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माण ६९ प्रतिशत भौतिक प्रगति भएको कम्पनिले जनाएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।

यशोदा फुड्सद्वारा ब्राण्ड एम्ब्यासेडरको घोषणा

लोकप्रिय नेपाली चाउचाउ कम्पनी यशोदा फुड्सले आफ्नो ब्रान्ड एम्ब्यासेडरको घोषणा गरेको छ । काठमाडौंमा विहीबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले नेपाली चलचित्र जगतकी चिरपरिचित अभिनेत्री केकी अधिकारीलाई बान्ड एम्बासेडर चयन गरेको हो । यशोदा फुड्स प्रालीले सन् २०१७ मे महिना देखि आफ्नो व्यवसायको थालनी गरेको थियो । सुरुवाती दिनमा लाली र करेन्ट वाण्ड अर्न्तगत तयारी चाउचाउ उत्पादन गर्ने सोचका साथ रुपन्देहीको तिलोत्तमाबाट कम्पनीले आफ्नो उत्पादनको सुरुवात गरेको थियो । हाल कम्पनीले विभिन्न ब्राण्डका चाउचाउ तथा स्न्याक्सहरु उत्पादन गरी नेपाल विश्वका १५ वटा मुलुकहरुमा निर्यात गर्दै आईरहेको कम्पनिले जनाएको छ ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *