रकुलद्वारा फिल्मबाट निकालिएको खुलासा

रकुलद्वारा फिल्मबाट निकालिएको खुलासा

बलिउड अभिनेत्री रकुल प्रित सिंहले हालै आफ्नो फिल्मसम्बन्धी अनुभव सुनाउने क्रममा आफूलाई कयौं फिल्ममा अस्वीकार गरिएको तथा काम सुरु गरेपछि पनि फिल्मबाट निकालिएको खुलासा गरेकी छिन्।

तथ्यांक गड, छतरीवाली, डाक्टरजीजस्ता फिल्ममा काम गरेकी उनले आफूलाई करिअरको दौरान केही फिल्मबाट अस्वीकार गरिएको र एउटा फिल्मबाट भने पाँच दिन सुटिङ गरिसकेपछि निकालिएको बताएकी हुन्। ञम सानैदेखि एक्टिङमा रुचि राख्ने गर्थें। तर, आफ्नो पढाइ पूरा गरेपछि मात्र ग्ल्यामर क्षेत्रमा लाग्नुपर्छ भन्ने सोच्थेँ।

यही क्रममा कलेज पढ्दै गर्दा पैसाको अभाव भएपछि पहिलो फिल्म पैसा कमाउनका लागि गरेकी थिएँ, उनले कुराकानीका क्रममा खुलासा गरेकी छन् ञकरिअरमा संघर्ष गर्ने क्रममा म धेरै फिल्मबाट निकालिएँ भने एक फिल्ममा त काम सुरु भएको पाँच दिनपछि निकालियो। तर, पनि मैले हरेश खाइन्।

उक्त अन्तर्वार्तामा रकुलले आफूलाई करिअरमा सफल हुन्छु कि हुन्न भन्ने कुराले सधैं सताइरहने कारणले २ वर्ष फिल्म करिअरलाई छुट्याएको र यदि असफल भएमा अर्कै क्षेत्र रोज्ने सोच रहे पनि आफ्नो निरन्तर कोशिसका कारण फिल्म क्षेत्रबाट हात धुनुपर्ने स्थिति भने नआएको बताएकी छिन्। पछिल्लो समय रकुलका आई लव यू, मेरी पत्नीका रिमेक, आएलान, इन्डियन–२ जस्ता फिल्म लाइनअपमा रहेका छन्। उनले हिन्दी फिल्मका अलावा तामिल फिल्ममा समेत काम गरिसकेकी छिन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *