
वडाध्यक्ष श्रीकृष्ण लामिछानेले विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, प्रअ गोपालबहादुर बुढाथोकी र शिक्षक अभिभावक संघ अध्यक्ष गोविन्द लामिछानेलाई संयुक्त रुपमा उक्त प्रोजेक्टर हस्तान्तरण गरेका हुन् ।
उनले समयसापेक्ष अनुसार शिक्षण सिकाइलाई प्रविधिको माध्यमबाट अध्यापन गराउन सरोकारवालाको सल्लाह सुझाव अनुसार प्रोजेक्टर हस्तान्तरण गरिएको बताए । शैक्षिक सत्र २०८१ देखि विद्यालयमा प्रविधि माध्यमबाट पठनपाठन गराउँदै मल्टिमिडियाले थप गुणस्तरीय शिक्षामा वृद्धि गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा वडा सदस्य एवं पोखरा महानगर शिक्षा समिति सदस्य डाल्डादेवी भुजेल, वडा सदस्य कमल थापा, वडा सदस्य वीरेन्द्र भण्डारी, वडा शिक्षा समिति सदस्य एवं ग्रिन डेभलपमेन्ट बैंक पोखराका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी, शिक्षक कर्मचारी लगायतको उपस्थिति थियो ।