रवि लामिछानेको लिखित जवाफ सर्वोच्च अदालतमा

रवि लामिछानेको लिखित जवाफ सर्वोच्च अदालतमा

काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूविरुद्ध दायर गरेको रिट निवेदन खारेज गर्न माग गर्दै आज सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् ।

लिखित जवाफमा राहदानी विवादमा तल्लो अदालतको फैसलाका आधारमा आफूविरुद्ध मुद्दा चलाउने कुनै प्रमाण नरहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले निर्णय गरेको भन्दै त्यसविरुद्ध दायर रिट निवेदन खारेज गर्न माग गरिएको छ । ।

राहदानी दुरुपयोग गरेको अभियोगमा लामिछानेलाई कारबाही नगर्ने महान्यायाधिवक्ताको निर्णय बदर गर्न माग गर्दै दायर रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्चले विपक्षी लामिछानेसँग लिखित जवाफ माग गरेको छ ।

लामिछानेविरुद्ध मुद्दा दायर नगर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णय बदर गर्न माग गर्दै युवराज सफाललगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिट निवेदनको सुनुवाइपछि संवैधानिक इजलासले कारण देखाउन आदेश दिँदै लिखित जवाफ माग गरेको हो ।

सर्वोच्च अदालतले नागरिकता विवादमा फैसला गरिसकेको र सोहीअनुसार नागरिकता पुनः प्राप्त गर्ने प्रक्रिया पनि पूरा गरेको लिखित जवाफमा उल्लेख छ । लिखित जवाफमा आफूले राहदानी ऐन विपरितको कसूर नगरेको र राहदानी लिएर अरूलाई असर गर्ने कुनै काम नगरेको दाबी गरेको छ । लिखित जवाफमा उल्लेख नमिल्ने उदाहरण पेस गरी रिट निवेदन दायर गरिएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *