२ मंसिर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको बहादुरगन्जस्थित राघवेन्द्र गौरव बहुमुखी क्याम्पसले आजदेखि औपचारिक रूपमा पठनपाठन सुरु गरेको छ। क्याम्पसको स्थापनाले स्थानीय विद्यार्थीहरूलाई घरमै उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरेको छ। क्याम्पस उद्घाटन कार्यक्रममा नगर प्रमुख रजत प्रताप शाहले यस क्षेत्रका विद्यार्थीका लागि क्याम्पसको स्थापनाले उच्च शिक्षाको पहुँच अभिवृद्धि गर्ने र अन्यत्र जानुपर्ने बाध्यता हटाएको बताउनुभयो। क्याम्पस अध्यक्ष वैभव प्रताप शाहले गुणस्तरीय शिक्षा प्रदान गर्दै विविध संकाय थप्ने योजना रहेको जानकारी दिनुभयो।
प्रारम्भिक चरणमा सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी शिक्षा शास्त्र संकायमा पठनपाठन सुरु गरिएको क्याम्पसमा हालसम्म ४५ विद्यार्थीले भर्ना लिएका छन्। स्थानीय नागरिक, जनप्रतिनिधि, र अभिभावकहरूको सहभागितामा उद्घाटन गरिएको क्याम्पसले क्षेत्रको शैक्षिकस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।