राजनीतिक ‘ढाडे बिरालाहरु’को वर्चश्व

बिरालो कति किसिमका हुन्छन् र कति किसिमका बनाइन्छन् ? कि त बिरालो विशेषज्ञलाई थाहा होला, कि त बिरालोको अनुसन्धानमा लागेका अनुसन्धानकर्ताहरुलाई थाहा होला । प्रायः नेपाली जनजनले बिरालोको बारेमा बुझेको भनेको रंगको हिसाबले खैरोे, कालो, सेतो र हिमालमा पाइने एक विशेष प्रकारको हिमाली बिरालो गरी सम्भवतः नेपाली जनजनले बुझेको बिरालोका प्रकारहरु यिनै हुन् । यी मध्ये सबभन्दा डरलाग्दो बिरालो भनेको कालो ढाडे बिरालोलाई लिने गरिन्छ । केही मुसाका जातहरु यस्ता हुन्छन् कि आपूmलाई खान्छ भन्ने कुरा थाहा पाएर पनि बिरालोलाई माया गर्ने खालका केही मुसाहरुले धर्तीमा जन्म लिएका हुन्छन् । माया गर्ने मुसाहरुले आफ्नै बलि दिन्छन् भने घृणा गर्ने मुसाहरु बिरालोको गन्ध थाहा पाउनेबित्तिकै दुलोमा लुक्न पुग्छन् । किनकि यी मुसाहरुलाई यो कुरा थाहा छ कि बिरालो जति सुधो देखिन्छ त्यति छँदै छैन ।

बिरालोको पहिलो विशेषता वा उसले दिने गरेको प्राथमिकता भनेको सकेसम्म माया गरेको देखाउनु नै हो । आफ्नो टाउकोले मानवको गोडामा लुटुपुटु गर्दै फकाएर खानेकुरा माग्नु र आफ्नो पेट भर्नु । यति गर्दा पनि मानवको मन पग्लेन र उसलाई भोकै राख्ने प्रयास भयो भने उसले आफ्नो दोस्रो विकल्प अपनाइछाड्छ, त्यो भनेको प्रायः भान्छा–भान्छा चहारेर दूध, माछा, मासु जे छ त्यसलाई चोरेर खानु नै हुन्छ ।

पछिल्लोपटक देशको राजनीतिमा भान्छा चरुवा बिरालाहरुले यो वा त्यो नाउँमा तीव्ररुपमा हस्तक्षेप गर्ने कार्यहरु बढ्दै गएको छ । राजनीतिक वृत्तका राजनीतिक व्यवसायायीहरु एकले अर्कालाई चोर बिरालाहरुको संज्ञा दिन थालेका छन् । तुलामा राखेर जोख्ने हो भने देशको प्रत्येक राजनीतिक दलहरुमा ढाडे बिरालाहरुको कतै कमी छैन । साधु बिरालो त कतै झुक्किएर एकाध फेला पर्न पुग्यो भने बेग्लै कुरा ।

बिरालामध्ये कालो बिरालोलाई प्रायः अपसुगनको रुपमा लिइने गर्दछन् हाम्रा पुस्ताहरु । कतिपय हाम्रा पुस्ताका जनजनहरु साइत पारेर कतै बाटोमा हिँडिरहेको बेला बीचबाटोबाट खैरो वा सेतो बिरालोले बाटो काट्यो भने आज काम नबन्ने भयो भन्दै गनगन गर्दै आफ्नो गन्तव्यतिर लाग्ने गर्दछन् भने यदि कालो बिरालोले बाटो काट्यो भने कतिपय जन त घरै फर्केर आई आफ्नो ओच्छ्यानमा डङ्ग्रङ्ग लड्दै सारा जहाज डुबेजस्तो गरी बरबाद भयो, आज कालो बिरालोले बाटो काट्यो भन्दै आफ्ना परिवारका सदस्यहरुसँग रोइलो गर्ने गर्दछन् । बिरालामध्ये झन् भाले बिरालो त उधुम बदमास हुन्छ । आफ्नो सन्तानलाई पनि बाँकी राख्दैन । एउटा कटु सत्यचाहिँ दलका नेतालाई बिरालाकै संज्ञा दिने हो भने प्रायः प्रत्येक दलमा कालो बिरालो उसमाथि पनि भालेकै संख्या उच्चतम दरमा रहेको छ भन्ने कुरा जगजाहेर भएको छ । अत्यधिक कालो बिरालो, त्यो पनि भाले बिरालो भएको ठाउँमा एकाध सेतो र खैरो बिरालोको भए पनि तिनीहरुको खासै अस्तित्व रहँदैन । दलभित्रका खैरे र सेते बिरालोले अलिकति मात्रै टाउको उचाल्यो कि काले बिरालोले झम्टिहाल्ने प्रथा अहिले पनि ज्युँका त्यँु छ । त्यस्तै छ दलभित्रका बिरालाहरुको चर्तिकला ।

दलभित्रका कालो खालका भाले बिरालाहरु साखुल्ले हुन खप्पिस छन् । जुनसुकै दलको सरकार होस्, ऊ जसको भन्छामा पुगे पनि भान्छेलाई पट्याउन खप्पिस भइसकेको छ । उसमाथि काले बिरालो यति धुर्त छ कि जुनसुकैको भान्छामा पुगे पनि भान्छेलाई पट्याइहाल्ने क्षमता राख्छ । उसलाई के थाहा छ भने, भान्छा परिवर्तन गर्दा यदाकदा भान्छामा भान्छे भेटिएन भने पनि उसलाई खानाको समस्याले कतै पिरोल्दैन । भान्छामा भान्छे नभेटिनु त काले बिरालोको लागि झन् स्वर्ग हो । छानी–छानी आपूmलाई मन पर्ने विभिन्न मिष्ठान्नहरु ग्रहण गर्ने सुअवसर मिल्न गएकोमा पटक–पटक आपूmले आपूmलाई धन्यवाद दिने गर्दछ काले बिरालोले ।

काले बिरालोहरुबीच पनि पाँच वर्षमा एकचोटि तँ ठूलो कि म ठूलो भन्ने होडबाजी चल्ने गर्दछ । मुसाहरुले काले बिरालो भनेको आपैmँलाई खाने जन्तु हो भन्ने थाहा पाउँदा पाउँदै पनि त्यही रंगको बिरालोलाई छान्न बाध्य भएका छन् र त्यसमा मुसाहरु जानेर नजानेर अभ्यस्त हुन पुगेका छन् । काले बिरालोहरु यति चलाख छन्, जहिले जुन बेला मुसाहरुबाट छानिने बेला हुन्छ सबै काले बिरालाले अबदेखि तिमी मुसाहरुलाई नखाने कसम खान्छौँ भनेर विश्वास दिलाउँछन् । प्रत्येकपल्ट मुसाहरु होला त नि भन्दै त्यही काले बिरालालाई छान्छन् ।

आजभोलि केही बिरालीहरु पनि ज्यादै उखरमाउलो तालले मुसाहरुको खोजी गरी–गरी खान थालेको कुरा सार्वजनिक हुन थालेका छन् । बिरालीहरुमा घरपालुवा बिराली ढाडे बिरालोभन्दा खतरा हुन्छ भन्छन् जानकारहरु । कतिपय ढाडे बिरालाहरुले घरपालुवा बिरालीको लहैलहैमा लागेर आफ्नो दाह्रा र नङ्ग्रा आपैmँले झिकी दराजमा समेत थन्क्याएर राखेका छन् भन्ने चर्चा चलेको छ ।

कहिलेकाहीँ रंग र वर्ग नमिले पनि विभिन्न रंगका बिरालाहरुले एकता गर्ने गरेका छन् । अहिले पनि विभिन्न रंगका बिरालाहरुको देखावटी एकता कायम राख्ने प्रयास गरिरहेका छन् । बिरालारुपी राजनीतिक व्यवसायीहरुले जुन रंगको बिरालो नामकरण गरेर न्वारान गरिएको भए तापनि कुनै पनि कालखण्डमा मुसाहरुको अभिमतलाई कदर गर्ने जर्मको नै गरेनन् । बिरालाहरुको सत्ता प्राप्ति यस्तो विषय बन्न पुग्यो कि सत्ता प्राप्ति नहुन्जेलसम्मको लागि मात्र मुसाको समस्या सम्बोधन गर्ने नाममा मुसाहरुलाई उराल्ने र उचाल्ने कार्य हुन गयो । जुनसुकै बिरालोले सत्ता प्राप्ति गरे पनि आफ्नै नजिकका मुसाहरुलाई देखावटी माया गर्नेदेखि बाहेक जुन रंगको बिरालो हिरो भए पनि अन्य मुसाको हितमा चाहिँ सोच्न पनि समय निकाल्न सकेनन् ।

देशमा रहेका साना–ठूला वा रंगीविरंगीका जति पनि दलीय बिरालाहरु र बिरालीहरु छन् तिनीहरुका मूल उद्देश्य मुसाहरुलाई मार्ने नै हो । मुसाहरु नखाने बाचा त मुसाहरुलाई झुक्याउने परिपञ्च मात्रै हो । विदेशबाट आएका र झिकाइएका बिरालाहरु त झन् मापाका । विदेशी बिरालाहरुको प्रवेश र सहज पहुँचको कारण एकातिर स्वदेशका सोझा मुसालाई त गन्दै नगन्ने परिपाटी त छँदै थियो । वर्तमानमा आएर हुँदा–हुँदा स्वदेशी अलि सोझा बिरालाहरुलाई म्याउँसम्म पनि गर्न नसक्ने अवस्थामा पु¥याइदिएका छन् । वर्तमान अवस्थामा त झनै स्वदेशी सोझा बिरालाहरु झन् दयनीय अवस्थामा पुगिसकेका छन् । पटक–पटक मुसाहरु पनि आक्रोशित भएर थरी–थरीका बिरालाहरुलाई सचेत गराएकै हुन् । किन हो कुन्नि, बिरालाहरुले आपूmलाई सुधार्नै चाहेनन् । त्यति मात्रै होइन, उल्टो बिरालाहरुका भीडमा को ढाडे बिरालो बन्ने प्रतिस्पर्धा पो चल्न थाल्यो । को ढाडे बिरालो बन्ने प्रतिस्पर्धा हुने क्रम दिनानुदिन प्रत्येक दलमा बढ्दै गएको छ ।

पछिल्लोपटक खबर बजारमा नेपालस्थित रेडक्रसमा पदाधिकारीको नियुक्तिको विषयलाई लिएर एउटा खबर सार्वजनिक भएको छ । नेपालस्थित रेडक्रसमा सत्तारुढ दलको भागवण्डामा कुन–कुन दलका मान्छेहरु कुन पद वा पदाधिकारीमा बस्ने भन्ने कुराको भागवण्डा लगाइएको बारेमा खबर सार्वजनिक भएको रहेछ । लाज पचाइसकेका हाम्रा नेतृत्वहरुले राज्यका विभिन्न अंगहरुमा आफ्ना गुटका सदस्यहरु र कार्यकर्ताहरुलाई पदस्थापन गर्न रत्तिभर लाज नमाने पनि कम्तीमा अन्तर्राष्ट्रिय रुपमै सबभन्दा बढी ख्याति कमाएको रेडक्रसजस्तो पवित्र संस्थामा गुटगत तथा कार्यकर्ताहरुलाई भागवण्डा गरेर पदाधिकारीमा पदस्थापन गर्नु वा त्यसको लागि बैठकमै प्रस्ताव गरी सुनिश्चित गर्नु त्योभन्दा लज्जाबोध के हुन सक्ला ? झन्डै १६० वर्षअगाडि रेडक्रसको स्थापनाको परिकल्पना गर्ने हेनरी डुनान्टको आत्माले हेरिरहेको भए उनको आत्माले कति धिक्कार्दो होला ?

निर्णय गर्न पनि अलिकति लज्जाबोध नगरी कुनै आउने निर्वाचनमा कुन–कुन दलका मान्छेहरुलाई कुन–कुन पद बाँड्ने भनेर अनुसूची नै बनाई उल्लेख गरिएको रहेछ । सार्वजनिक भएको खबर अनुसार अध्यक्ष, उपाध्यक्ष (खुल्ला), उपमहामन्त्रीसहित १५ जना नेपाली कांग्रेसको भागमा, नेकपा एस समूहबाट महामन्त्री, उपकोषाध्यक्षसहित ६ जना र नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष (महिला), कोषाध्यक्षसहित ८ जना अनि अन्य समूहबाट ४ जना भनेर भागवण्डा गरिएको रहेछ । त्यति मात्र होइन, केन्द्रीय महाधिवेशनको लागि माओवादी केन्द्रले प्रस्ताव गरेको व्यक्तिलाई सदस्य मनोनीत गरेर प्रतिनिधित्व सुनिश्चित गर्ने भनेर सहमतिपत्रमा दस्तखत गर्ने व्यक्तिहरुको दस्तखतसहित खबर बजारमा खबर सार्वजनिक भयो । रेडक्रसजस्तो संस्थामा आफ्नो विधान अनुसार निर्वाचन हुनु ज्यादै गौरवशाली कुरा हो । निर्वाचनमा सकेसम्म चुनावी प्रक्रियामा प्रवेश नगरी राजनीतिकर्मीहरु वा सरकारमा भएका भागवण्डे दलहरुले राजनीतिकर्मीभन्दा पनि समाज सेवामा विशिष्ट स्थान ओगटेका विशिष्ट व्यक्तिहरुलाई ती स्थानहरुमा निर्विरोधरुपमा लैजाने प्रयत्न हुनुपर्दथ्यो । राजनीतिक उथापोहको कारण कुनै समाजसेवी जान नमान्दा पनि अनुरोध गरेर अब आइन्दा राज्यका अंगहरुमा र सामाजिक संस्थाहरुमा कुनै पनि हालतमा राजनीतिक भागवण्डा नगर्ने प्रतिबद्धतासहित विश्वास दिलाएर स्वतन्त्र, निष्पक्ष समाजसेवी व्यक्तिहरुलाई त्यो ठाउँमा पु¥याइने वातावरण तयार गरिएको भए कम्तीमा सरकार आपूmलाई सुधार्न कोशिश गर्दै छ भन्ने सन्देश आम जनजनमा प्रवाह हुन्थ्यो । सरकार यस्तो गम्भीर मामिलामा पनि सतर्क हुन सकेन वा जानी–जानी चाहेन । अभैm समय घर्किसकेको छैन, मात्र खबर बजारमा सार्वजनिक भएको कुरा हो यो । जनजनले प्रश्न उठाएका छन्, सक्छ त सरकारले यो सार्वजनिक भएको खबरलाई मिथ्या साबित गर्न ?

(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

[email protected]

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top