
मकवानपुर । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक शक्तिहरुले व्यवस्था फेरे पनि जनताको जीवनस्तरमा परिवर्नत ल्याउन नसकेको बताएका छन्।
डा. भट्टराईले आज हेटौँडामा पत्रकारहरुसँग कुराकानी गर्दै वर्तमान अवस्थामा राज्य व्यवस्थाप्रति जनताको असन्तुष्टि जायज रहेको बताउँदै अब अग्रगामी समाधान गरिनुपर्नेमा जोड दिए। उनले वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन नगरेसम्म मुलुकले काँचुली फेर्न नसक्ने उल्लेख गरे।
पूर्व प्रधानमन्त्री भट्टराईले आफ्नो पार्टी वैकल्पिक शक्ति बनाउने प्रयासमा रहेको र समाजवादी विचारधाराबाट अघि बढ्न कोही तयार हुन्छ भने आफूहरु एकता गरेर अघि बढ्ने बताए। उनले माओवादी केन्द्रसँग निर्वाचन तालमेल मात्रै भएको बताउँदै पार्टी एकताको विषय टुङ्गोमा पुगिनसकेको स्पष्ट पारे।
डा. भट्टराईले पत्रकार सम्मेलनअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसँग प्रदेशको अवस्थाबारेमा जानकारी लिएका थिए ।