राजनीति र कमेडीको समिश्रणमा हात्तीछाप

राजनीति र कमेडीको समिश्रणमा हात्तीछाप

अभिनेताद्वय दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म हात्तीछापको टिजर सार्वजनिक गरिएको छ। २ नम्बरीको सफलतापछि सोही टिमले निर्माण गरेको फिल्ममा दया र सौगात एकसाथ देखिनेछन्। टिजरमा माया–प्रेम, राजनीतिक विषय र कमेडीलाई स्थान दिइएको छ भने फिल्मका अधिकांश कलाकारलाई प्रस्तुत गरिएको छ। टिजरमा दया र उपासनाको प्रेम तथा सौगातको राजा अवतार देखाइएको छ।

दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेल, रिजोन परियार, अनिशा अधिकारी र उत्तम (बौवा) ले अभिनय गरेको फिल्म सिमोस सुनुवारले निर्देशन गरेका छन्।

फिल्ममा प्रदीप भारद्वाजको लेखन, रामजी लामिछानेको कोरियोग्राफी, उज्ज्वल सागर र आशिष मगरको संगीत, सुसन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ। माघ २६ गतेबाट रिलिजमा आउने फिल्मले सामाजिक र राजनीतिक कथालाई रोचक तरिकाले भन्ने निर्माण पक्षले जनाएको छ। रेड बर्ड प्रोडक्सनको ब्यानरमा किरण नेपालीको प्रस्तुति तथा अमलादेवी राई, पुष्कर गुरुङ र जय श्रेष्ठद्वारा निर्मित फिल्म नेपालमा रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् भने विदेशमा एमएसएम पोस्ट प्रोडक्सनले वितरण गर्नेछ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *