रातभरि सुटिङ गरेका अभिनेता ताम्राकारद्वारा साँझ आत्महत्या

रातभरि सुटिङ गरेका अभिनेता ताम्राकारद्वारा साँझ आत्महत्या

अभिनेता सारुक ताम्राकारले बिहीबार साँझ रातोपुलस्थित निवासमा आत्महत्या गरेका छन्।

बिहान ४ बजेसम्म निर्माणाधिन फिल्मह् यासट्याग मायाको सुटिङ गरी फर्किएका सारुकले साँझ आत्महत्या गरेका हुन्। परिवारले उनलाई आप्mनै घरको सिँढिमा घाँटीमा पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारेका थिए।

सारुक पुराना अभिनेता तथा जादुगर सानु ताम्राकारका छोरा हुन्। अभिनेता बुबालाई पछ्याउँदै अभिनयमा क्षेत्रमा होमिएका उनी सफल अभिनेता तथा निर्देशक बन्ने सोचमा थिए। सात वर्षअघि दयाराम दाहालद्वारा निर्देशित फिल्म रानीबाट डेब्यु गरेका उनले फिल्मले राम्रो व्यापार नगरे पनि प्रशंसा पाएका थिए। उनले रानीपछि मेरी मामु र इन्टु मिन्टु लन्डनमा नामक फिल्ममा अभिनय गरेका छन्। इन्टु मिन्टु लन्डनमा फिल्म रिलिज हुन बाँकी छ। उनले निधनअघि अभिनय गरेको फिल्म ह्यासट्याग माया उनको मुख्य भूमिका थियो। सो फिल्ममा उनको २५ प्रतिशतका म मात्र सकिएको छ।

अभिनय सँगसँगै फोटोग्राफीमा रुचि राख्ने उनले अभिनय क्षेत्रमा आउनुअघि सर्ट फिल्म इन ट्रान्समिसनमा सहायक निर्देशक र सम्पादकको रूपमा काम गरेका थिए। विभिन्न अन्तर्राष्ट्रिय फिल्ममा महोत्सवमा चर्चा कमाउन सफल सो सर्ट फिल्मबाट उनका बुवा कलाकार सानु ताम्राकारले प्रशंसा पाए पनि सारुकमा अभिनय क्षेत्रमा जाने मोह जागेको थियो। उनले साम्तेन भुटियाद्वारा निर्देशित फिल्म त्यान्द्रोमा सहायक निर्देशक भएर काम गरेका थिए भने पहिले सर्ट फिल्म र त्यसपछि ठूलो फिल्म निर्देशन गर्ने सोच बनाएका थिए।

ताम्राकारको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु आत्महत्याबाट भएको र थप अनुसन्धान हुने जनाएको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *