राधिकाको माइती देशको घाउ

राधिकाको माइती देशको घाउ

सञ्चारकर्मी तथा गीतकार राधिका अधिकारीको तीज गीत माइती देशको घाउ हालै बजारमा आएको छ।

गीतमा गायिका काव्य आचार्य र मिना नेपालीको स्वर, दीपक शर्माको संगीत र राजेन्द्र बजागाईंको संगीत संयोजन रहेको छ। तीज गीतमार्फत पुनः गीत लेखनमा आएकी राधिकाले यो गीतमा देश छोडेर परदेश पुगेका छोरी चेलीको पीडा उल्लेख गरेकी छिन्। गीतमाथि बनेको भिडियोमा गायिकाद्वय काव्य र मिनाको साथमा राधिका पनि देखिएकी छिन्।

मानिस सुखको खोजीमा जहाँ पुगे पनि आफ्नो देश र आफ्नाप्रतिको मोह सुखले छोप्न नसक्दाको भाव गीतमा व्यक्त गरिएको छ। २०७१ सालमा अञ्जु पन्तको स्वरमा आफ्नो गीत रेकर्ड गराएर गीत लेखनको औपचारिक यात्रा शुरु गरेकी राधिकाले २०७२ सालमा एकल एल्बम बजारमा ल्याएकी थिइन्। उनका केही फुटकर गीत पनि बजारमा आएका छन्।

सांगीतिक क्षेत्रमा पुरुष गीतकारको वर्चस्व रहेका बेला गीत लेखनमा आएर आफूलाई गीतकारका रूपमा उभ्याएकी राधिकाको गीति लेखनमा गएका केही वर्ष निष्किृयता देखिएता पनि अब भने गीत संगीतमा देखिएको यो खालीपनलाई छोप्ने राधिका बताउँछिन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *