
काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि सोमबार बस्दैछ ।
पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्यालले शनिबार संसदीय दलको नेताबाट राजीनामा दिएपछि रिक्त रहेको पद पूर्ति गर्न संसदीय दलको बैठक बोलाइएको छ ।
साथै पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक बोलाइएको पनि पार्टीले जनाएको छ ।
RSVP ले शनिबार केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक जुम बैठक मार्फत जानकारी गराएको हो ।
भोलि बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बस्ने पार्टीका उपाध्यक्ष डोलप्रसाल अर्यालले जानकारी दिए ।
Source link
krishna limbu