राम गोरखा माविले उचाल्यो तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि

राम गोरखा माविले उचाल्यो तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि

कमलेशचन्द्र गुप्ता , कृष्णनगर कपिलवस्तु –

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा सम्पन्न तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को उपाधि राम गोरखा माध्यमिक विद्यालयले जितेको छ।
कृष्णनगर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा राम गोरखा माविको खेल मैदानमा सम्पन्न प्रतियोगितामा राम गोरखा माविले ९ स्वर्ण, १० रजत र ३ कास्य पदक गरी कुल २२ पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गर्‍यो।
यसैगरी, नेत्रज्योति माध्यमिक विद्यालयले १८ पदकका साथ दोस्रो र सेन्ट ज्युडस कृष्णनगरले ६ पदकका साथ तेस्रो स्थान हासिल गरे।
विजेता खेलाडीहरूलाई पूर्व प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह, नगरप्रमुख रजत प्रताप शाह र उपप्रमुख आरतीदेवी चौधरीले मेडल तथा प्रमाणपत्र प्रदान गरे।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अभिषेक प्रताप शाहले खेलकुदले विद्यार्थीहरूको मानसिक तथा शारीरिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। नगरप्रमुख रजत प्रताप शाहले नगरपालिकाले शिक्षा र खेलकुद क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिने बताए।
कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख बलराम पन्थीले गरेका थिए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *