राष्ट्रपति आफ्नै वचनमा अडेनन्, पौडेलको उपचार खर्च निकासाका लागि अर्थ मन्त्रालयलाई परराष्ट्रको पत्राचार

राष्ट्रपति आफ्नै वचनमा अडेनन्, पौडेलको उपचार खर्च निकासाका लागि अर्थ मन्त्रालयलाई परराष्ट्रको पत्राचार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको दिल्लीमा उपचार गर्दा भएको खर्च निकासाका लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।
अर्थ मन्त्रालयले गत ११ गते स्वास्थ्य उपचारलगायतको खर्चका लागि मापदण्डअनुसार खर्च गर्ने गरी ५५ लाख चार हजार छ सय ५४ रुपैयाँको सहमति दिएको थियो ।

यस्तै असार १२ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको छ ।

अर्थको सहमतिअनुसार नै बिल भरपाई पठाएर निकास मागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेललाई गएको वैशाख ६ गते श्री एअरलाइन्सको चार्टर्ड एअर एम्बुलेन्सको उडानमार्फत भारतको नयाँ दिल्लीमा उपचार गर्न लगिएको थियो ।

काठमाडौंबाट दिल्लीसम्मको एअर एम्बुलेन्सका लागि ३३ लाख रुपैयाँ, दिल्लीको उपचारमा झन्डै सात लाख रुपैयाँ र फर्कँदाको भाडा झन्डै छ लाख रुपैयाँ खर्च भएको देखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिको सचिवालय तथा परिवारका सदस्यको दैनिक भ्रमण भत्ता भने कसले बेहोर्ने भन्ने निर्णय भएको छैन ।

यसअघि राष्ट्रपतिले उपचार खर्च आफैँले बेहोर्न चाहेको भनी उनको कार्यालयबाट सूचना सार्वजनिक भएको थियो ।

उक्त सूचना सार्वजनिक भएकोसँगै राष्ट्रपति पौडेलको प्रशंसा भएको थियो ।

तर, अहिले खर्च निकासाका लागि पत्राचार गरेपछि नियम विपरित उपचार खर्च लिएको भन्दै उनको आलोचना भइरहेको छ ।

सरकारले विशिष्टहरुको उपचार खर्च व्यहोर्न नेपालमा उपचार सम्भव नहुने मेडिकल बोर्डबाट सिफारिस लिनुपर्ने हुन्छ ।

त्यसैको आधारमा सरकारले तिनको स्वास्थ्य उपचार बापतको खर्च व्यहोर्ने गर्छ । तर, राष्ट्रपति पौडेलले उपचारका लागि दिल्ली जानुअघि मेडिकल बोर्डबाट सिफारिस लिएका थिएनन् ।

राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स ९एम्स० अस्पतालमा उपचार गरिएको थियो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *