राष्ट्रिय मा.वि.हृदयनगरको विद्यार्थी सम्मानित, अवध जागरणको भिडियोले कमायो करोडौँको चर्चा

राष्ट्रिय मा.वि.हृदयनगरको विद्यार्थी सम्मानित, अवध जागरणको भिडियोले कमायो करोडौँको चर्चा

कपिलवस्तु — कृष्णनगर नगरपालिकाको सबैभन्दा नयाँ माध्यमिक विद्यालय, राष्ट्रिय माध्यमिक विद्यालय हृदयनगर, हालै सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा आएको छ। प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई विद्यालयले विशेष सम्मान गरेको छ।
विद्यालयको चर्चा हुनुमा विभिन्न बिधामा पदहरु जितेको र त्यो भन्दा पनि मुख्य  कारण भने प्रतियोगिताको उद्घाटन सत्रमा विद्यालयका छात्राहरूले प्रस्तुत गरेको अवधी-भोजपुरी भाषाको जनचेतनामूलक शैक्षिक गीतमा आधारित नृत्य हो। उक्त नृत्यले दर्शकहरूलाई भावुक मात्र बनाएन, सामाजिक सञ्जालमा पनि तहल्का मच्चायो। “अवध जागरण” मिडियाको फेसबुक पेज (Awadh Jaagaran/अवध जागरण) मा अपलोड भएको भिडियोले हालसम्म ४० लाखभन्दा बढी भ्युज पाइसकेको छ।

यस ऐतिहासिक उपलब्धिलाई सम्मान गर्दै विद्यालय प्रशासनले एक विशेष कार्यक्रमको आयोजना गरी नृत्य प्रस्तुत गर्ने छात्राहरू र अवध जागरण मिडियाका सञ्चालक निरहु यादवलाई सम्मानित गरेको छ। विद्यालयका अनुसार, यस किसिमका गतिविधिहरूले स्थानीय विद्यार्थीहरूलाई कला, संस्कृति तथा शिक्षामा प्रेरित गर्ने विश्वास गरिएको छ।

नगरपालिकाको सबैभन्दा पिछडिएको ग्रामीण क्षेत्रको विद्यालय भए पनि राष्ट्रिय माध्यमिक विद्यालय हृदयनगरले छोटो समयमै विद्यार्थीहरुको प्रगतिले ठूलो चर्चा कमाउन सफल भएको छ। विद्यालय प्रशासनले आगामी दिनमा पनिपढाईको साथसाथ  यस्ता अतिरिक्त कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *