राष्ट्रिय सभामा रमाइलो जुहारी, एमालेले अवरोध गर्दा सत्ता पक्षका सांसद पनि उठे

राष्ट्रिय सभामा रमाइलो जुहारी, एमालेले अवरोध गर्दा सत्ता पक्षका सांसद पनि उठे

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ । एमालेले अवरोध कायमै राखेपछि सत्ता पक्षका सांसद पनि उठेर विरोध गरेका छन् ।

शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरोध कायम राखेको हो । बैठकको प्रारम्भमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुलाई दलिय आधारमा समसामयिक विषयमा बोल्नका लागि समय दिएका थिए । सो क्रममा सांसदहरुले आ-आफ्नो धारणा राखे ।

धारणा राख्नेक्रम सकिएपछि अध्यक्षले बैठकको कार्यसूची अगाडि बढाउन खोज्दा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले उभिएर विरोध जनाए । अध्यक्षले विरोध जनाउनुको कारण बारे बोल्नका लागि एमाले सांसद भैरवसुन्दर श्रेष्ठलाई समय दिएलगत्तै सत्तापक्षका सांसदहरु पनि उभिएर विरोध गरे ।

दुवै पक्षका सांसदहरु उभिएर विरोध जनाएपछि राष्ट्रिय सभा बैठक अगाडि बढाउन नसकिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बैठकको कार्यसूचीलाई अगाडि बढाउन नसकिएको जानकारी दिए ।

आगामी बैठक साउन ३१ गते बुधबार दिउँसो १ः०१ मा बस्नेगरी बोलाइएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *