रियालिटी शोमा महागफाडी आउने

रियालिटी शोमा महागफाडी आउने

कमेडी टेलिभिजन रियालिटी शोका रुपमा महागफाडी टेलिभिजनबाट प्रसारणमा आउने भएको छ।

सोमबार बाट डिजिटल अडिसन शुरु भएको शोको प्रसारण शुभारम्भ असोज तेस्रो साताबाट गरिने यसको आयोजकले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराए। रियालिटी शो फिल्म लेखक, कोरियोग्राफर तथा द्वन्द्व निर्देशक नरेशनाथ योगीले निर्देशन गर्नेछन्। मनोरञ्जनका विविध विधामध्ये वाककला पनि एक हो। जो अहिलेसम्म सही प्लेटफर्म नपाएर चुपचाप बसेका र बोलेर नै जीवनमा केही गर्छु भन्नेका लागि महागफाडी उपयोगी र नविन प्लेटर्फम सावित हुनेछ, योगीले भने। उनका अनुसार ढाकाटोपी फिल्म्स्को ब्यानरमा निर्माण हुने रियालिटी शोमा संसारभर रहेका नेपालीभाषी तथा नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन्। शोमा मातृभाषामा समेत अडिसन दिन सकिने प्रावधान राखिएको छ। निर्माण कम्पनीका अनुसार सहभागीले शोको सिजन अवधिभर आफ्नो ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानका आधारमा आफूलाई महागफाडीको रुपमा प्रस्तुत गर्नुपर्ने छ।

रियालिटी शोको अडिसन डिजिटल प्लेटर्फममा मात्रै गरिनेछ। फिजिकल रुपमा डिजिटल अडिसनबाट छानिएका उत्कृष्ट १८ जना शोमा सहभागी हुनेछन्। १६ हप्तासम्म चल्ने कार्यक्रमको फाइनल अस्ट्रेलियामा गरिनेछ भने पहिलो वल्र्ड टुरको सुरुवात क्यानडाबाट गरिने भएको छ।

दर्शकको भोटिङका आधारमा रियालिटी शोको विजेता छनोट गरिने शोमा लोकप्रिय हास्यव्यंग्यकर शैलेन्द सिंम्खडा, अभिनेत्री लुनिभा तुलाधर र हास्य अभिनेता बुद्धि तामाङ निर्णायक रहनेछन्। कार्यक्रमको सञ्चालन कलाकार कामेश्वर चौरासियाले गर्नेछन्।

महागफाडीको विजेताले १५ लाख नगद पुरस्कार तथा सवारी साधन प्राप्त गर्नेछन् भने फस्ट रनर्सअपलाई १० लाख नगद र सवारी साधन, सेकेन्ड रनर्सअपलाई पाँच लाख नगद र सवारी साधन पुरस्कारका रुपमा प्रदान गरिने शोका निर्देशक योगीले बताए। महागफाडीको प्रोजेक्ट हेटमा दीपक आरजे, प्रोजेक्ट म्यानेजरमा समिर खरेल, क्रियटिभ हेडमा मनोज केसी, कन्टेन्ट राइटर तथा मेन्टर हेडमा सुमन कोइराला, डीओपी निश्चल पौडेल, आईटी हेडमा बोनिस श्रेष्ठ, स्टाइलिसमा जेनिशा निरौला र मेन्टर हेडमा प्रदीप चौधरी रहनेछन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *