रेखा, पूजा र बेनिषा मुटुको ४ आनाको एउटै फ्रेममा

रेखा, पूजा र बेनिषा मुटुको ४ आनाको एउटै फ्रेममा

काठमाडौं ।

आगामी फागुन २५ गते अल नेपाल रिलिज हुने फिल्म उपहारको दोस्रो गीत सार्वजनिक भएको छ। सार्वजनिक मुटुको ४ आना बोलको गीतमा नायिकात्रय रेखा थापा, पूजा शर्मा र बेनिषा हमाल एकै फ्रेममा देखिएका छन्।

कोरियोग्राफर कविराज गहतराजले दर्जनौं कोरसका साथमा आकर्षक ढंगले तयार पारेको गीतमा रेखा, पूजा र बेनिषास“गै रामचन्द्र अधिकारी, किरण केसी, राजाराम पौडेल, शिशिर राणा, निर्मल शर्मादेखि टिकटकर ढुकुरे डन (विनोद कुमार पौड्याल) सम्मलाई सुहाउ“दो नृत्यका साथ प्रस्तुत गरेका छन्।

अर्जुन पोखरेलको संगीत र मुक्त उदासको शब्द रचना रहेको गीत महेन्द्र विक र समीक्षा अधिकारीले गाएका छन्। लोकलयमा आधारित गीतको अडियोसँगै र भिडियो पनि आकर्षक र बलियो बनेको छ।

सामाजिक विषयवस्तुमा आधारित रहेकाको फिल्ममा हास्य रसदेखि रोदनसम्म सबै कुराको समिश्रण रहेको फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले बताए।

फिल्ममा मुकुन भुसाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुसाललगायतले पनि अभिनय गरेका छन्। अभिनेत्री रेखा थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन्।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्मित फिल्ममा सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, विष्णु कल्पित घिमिरेको छायांकन, मित्र डी गुरुङको सम्पादन र अनुपम गौतमको भीएफएक्स रहेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *