रेशम चौधरीलाई आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफरिस गर्ने निर्णय

रेशम चौधरीलाई आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफरिस गर्ने निर्णय

काठमाडौँ । जेल सजाय भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ । आज आइतबार बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलमा रहेका चौधरीलाई आममाफी दिलाउने निर्णय गरेको हो ।

भोलि गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिमार्फत उनलाई आममाफी दिलाउनगरी मन्त्रिपरिषदले सिफारिस गर्ने निर्णय भएको स्रोतको भनाइ छ । चौधरीमात्र नभएर जेल जीवन बिताइरहेका अन्य थुप्रै व्यक्तिहरुलाई पनि आममाफी र कैद मिनाहा गराउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय समेत भएको जनाइएको छ ।

यसअघि पनि सरकारले आममाफीका लागि चौधरीको नाम सिफारिस गरी राष्ट्रपतिको कार्यालयमा पठाएको थियो । तर राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आममाफी दिन नसकिने भन्दै फाइल फिर्ता पठाइसकेका छन् । सरकारले पुनः उक्त फाइल राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *