
रोल्पा । रोल्पामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन हिल स्टेसनको निर्माण भएको छ । रोल्पाको रुन्टिगढि गाउँपालिकामा पर्यटन बिकासका लागी सोही गाउँपालिकाको वडा न। ५ र ६ को दाङ्छेडि, सिद्धथान र सैबाङ्खुटि वन क्षेत्रलाई समेट्दै हिल स्टेसन निर्माण भएको छ ।
हिल स्टेसनसम्म पुग्न आकर्षक सिँढी, रेलिङ र बिसौनी बस्ने ठाँउहरु बनाइएका छन् भने हिल स्टेशनको सबैभन्दा माथिल्लो अन्तिम भागमा पर्यटकहरु लाई विश्राम गर्न र नाचगान गरि मनोरञ्जन गर्नका लागी आकर्षक नाच घार निर्माण गरिएको छ।
रुन्टिगढि गाउँपालिका पर्यटकिय क्षेत्रको प्रचुर सम्भावना बोकेको पालिका भएकाले पालिकाको पहलमा पालिकामा पर्यटन बिकासका लागि हिल स्टेशन निर्माण भएको र यस कार्यले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनमा र पालिकाको आर्थिक बिकासमा समेत थप टेवा पुग्ने गाउँ पालिकाका अध्यक्ष जनक पुनले बताए । अध्यक्ष पुनका अनुसार पर्यटकहरु लाई आकर्षित गर्ने विभिन्न किसिमका पर्यटनका संरचनाहरु निर्माणमा पालिकाले जोड दिदै जाने समेत बताए ।
रुन्टिगढि गाउँपालिकाको पहल र समन्वय तथा पर्यटन डिभिजन कार्यालय बाकेको अरचालिस लाख रुपैयाँ र स्थानीय उपभोक्ता समितिको करिब छ लाख रुपैया गरि करिब चौवन्न लाख रुपैयाँको बजेटमा निर्माण भएको हिल स्टेशनमा जानका लागि गाउँपालिकाको होलेरी बजार नजिकै रहेको दाङ्छेडि भन्ने ठाँउबाट करिब दुर्इ सय ५० वटा सिँढीहरुमा उकालो चढदै सिद्धथान डाडा हुँदै सैबाङखुटि डाडामा रहेको नाच घरमा पुग्न सकिने र यहाँसम्म पुग्न करिब ३० मिनेटको समय लाग्ने स्थानीयले बताएका छन् ।
समुद्री सतहबाट करिब दुई हजार मिटरको उचाइमा रहेको यो क्षेत्र प्राकृति रूपले अत्यन्तै सुन्दर र मनोरम रहेको र यस क्षेत्र बाट दाङ उपत्यकाको धेरै जसो भू–भाग र विभिन्न हिम शृङ्खलाहरुको अबलोकन गर्न सकिने भएकाले आन्तरिक तथा बाहय पर्यटकहरु जो कोहि एक पटक पुग्नै पर्ने र घुम्नै पर्ने ठाँउ भएको स्थानीय बुद्धिजीवी तथा युवा समाजसेवी सुबास चन्दले बताए ।
हिल स्टेसनको क्षेत्र करिब ३० हेक्टरको क्षेत्रफलमा रहेको बताइएको छ।हिल स्टेशन सम्म पुग्न आकर्षक सिढि, रेलिङ र बिसौनी बस्ने ठाँउहरु बनाइएका छन् भने हिल स्टेशनको सबैभन्दा माथिल्लो अन्तिम भागमा पर्यटकहरु लाई विश्राम गर्न र नाचगान गरि मनोरञ्जन गर्नका लागी आकर्षक नाच घार निर्माण गरिएको छ।
रोल्पाको रुन्टिगढि गाउँपालिकामा पर्यटन बिकासका लागी सोही गाउँपालिकाको वडा न। ५ र ६ को दाङ्छेडि , सिद्धथान र सैबाङ्खुटि बन क्षेत्रलाई समेट्दै हिल स्टेशन निर्माण भएको छ । रुन्टिगढि गाउँपालिका पर्यटकिय क्षेत्रको प्रचुर सम्भावना बोकेको पालिका भएकाले पालिकाको पहलमा पालिकामा पर्यटन बिकासका लागि हिल स्टेशन निर्माण भएको र यस कार्यले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनमा र पालिकाको आर्थिक बिकासमा समेत थप टेवा पुग्ने गाउँ पालिकाका अध्यक्ष जनक पुनले बताए ।
अध्यक्ष पुनका अनुसार पर्यटकहरु लाई आकर्षित गर्ने विभिन्न किसिमका पर्यटनका संरचनाहरु निर्माणमा पालिकाले जोड दिदै जाने समेत बताए । रुन्टिगढि गाउँपालिकाको पहल तथा पर्यटन डिभिजन कार्यालय बाकेको अठ्चालिस लाख रुपैयाँ र स्थानीय उपभोक्ता समितिको करिब छ लाख रुपैया गरि करिब चौवन्न लाख रुपैयाँको बजेटमा निर्माण भएको हिल स्टेसनमा जानका लागि गाउँपालिकाको होलेरी बजार नजिकै रहेको दाङ्छेडि भन्ने ठाँउ बाट करिब एक सय पचास वटा सिँढीहरुमा उकालो चढदै सिद्धथान डाडा हुँदै सैबाङखुटि डाडामा रहेको नाच घर सम्म हिल स्टेसनको क्षेत्र रहेको र यहाँसम्म पुग्न करिब तीस मिनेटको समय लाग्ने स्थानीयले बताएका छन् ।
यो क्षेत्र प्राकृति रूपले अत्यन्तै सुन्दर र मनोरम रहेको र यस क्षेत्र बाट दाङ उपत्यकाको धेरै जसो भु-भाग समेत अबलोकन गर्न सकिने भएकाले आन्तरिक तथा बाहय पर्यटकहरु जो कोहि एक पटक पुग्नै पर्ने र घुम्नै पर्ने ठाँउ भएको स्थानीय बुद्धिजीवी तथा युवा समाजसेवी सुबास चन्दले बताए । हिल स्टेसनको क्षेत्र करिब तीस हेक्टरको क्षेत्रफलमा रहेको बताइएको छ।