रोहित एपीएफ क्रिकेट क्लबका कप्तान

रोहित एपीएफ क्रिकेट क्लबका कप्तान

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल नेपाल एपीएफ क्लबको कप्तानमा नियुक्त भएका छन्। एपीएफले एक कार्यक्रमका बीच रोहितसँग सम्झौता गरेको हो।

२०१८ मा एपीएफले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता जित्दा रोहित टोलीका सदस्य थिए। त्यसपछि रोहित आर्मी क्लबमा गएका थिए। अघिल्लो महिना प्रो क्लब च्याम्पियनसिप पछि रोहितले आर्मी छाडेका हुन्।

रोहित गतवर्ष कार्तिकमा नेपाली क्रिकेट टोलीका कप्तानमा नियुक्त भएका थिए। उनको कप्तानीमा नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा शानदार प्रदर्शन गर्दै आएको छ।

उनको कप्तानीमा ओडीआई मान्यता निरन्तरता, एसिया कपमा सहभागिता, विश्वकप छनोट र टि२० विश्वकपमा पुन स्थानजस्ता नेपालले सफलता हात पारेको छ।

रोहितले नेपाली यू १९ टोलीसँगै नेपाल टी–२० लिगमा विराटनगरको कप्तानीसमेत गरेका थिए। यस्तै, एपीएफले ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

टोलीका एक दुई नयाँ खेलाडी समेट्ने प्रक्रियामा हुँदा शुक्रबारसम्म अन्तिम नाम सार्वजनिक गर्ने एपीएफले जनाएको छ। प्रधानमन्त्री कप शनिबारदेखि टीयू, मूलपानी र भैरहवामा शुरु हुनेछ। तीन विभागीय टोलीसँगै ७ प्रदेशले राउन्ड रोविनको आधारमा खेल्नेछन्।

एपीएफले पछिल्ला दुबै प्रधानमन्त्री कपको उपाधि जितेको छ। २०२१ मा टी–२० र २०२२ नोभेम्बरमा एकदिवसीय पीएमकप उपाधि जितेको थियो। त्यसपछि पीएमकप आयोजना भएको छैन।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *