र्‍यापमा भावना

र्‍यापमा भावना

अरमान तामाङको र्याप गीत भावना राजधानीमा आयोजित एक समारोहबीच संगीतकार शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको छ।

अरमानको स्वर रहेको भिडियोमा संगीत विनोद ढकालको छ भने शब्द अरमान र विनोदको छ। सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोमा अरमानलाई रिया लामाले साथ दिएकी छन्। दिनेश पराजुलीको सिनेमाटोग्राफी रहेको भिडियोमा बिजेश पौडेलको सम्पादन छ। सार्वजनिक गीतको भिडियोमा समाजमा कुलतमा फसेकालाई घृणा हैन माया गरौं, उनीहरुको भावनालाई बुझौं भन्ने सन्देश छ।

कार्यक्रममा प्रमु्ख अतिथि बास्कोटाले संगीतको प्रवाहलाई कसैले रोक्न नसक्ने सदावहार हुने भन्दै पछिल्लो समय र्यापमा युवा पुस्ता आउनु सकरात्मक पक्ष भएको बताए। भिडियोका बारेमा बोल्दै निर्देशक पाख्रिनले पछिल्लो समय र्यापमा युवा पुस्ताको क्रेजलाई पछ्याउँदै अरमानले राम्रो प्रयास गरेको बताए। अरमानले आफ्नो पहिलो प्रयासलाई माया गरिदिन आग्रह गरे। संगीतकार विनोद ढकालले ड्डयापमा आउने नयाँ पिढीलाई प्रोत्साहन गर्नुपर्ने मत राखे।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *