लक्ष्मी र शिवलाई साढे ३ लाखको सम्मान

लक्ष्मी र शिवलाई साढे ३ लाखको सम्मान

चलचित्र विकास बोर्डद्वारा प्रदान गरिँदै आएको तीन लाख ५१ हजार रुपियाँ धनराशीको चलचित्र दीर्घ साधना सम्मान वर्ष २०७८ का लागि अभिनेत्री लक्ष्मी गिरी र २०७८ का लागि अभिनेता शिव श्रेष्ठलाई प्रदान गरिने भएको छ।

भोलि मंगलबार राष्टझपति रामचन्द्र पौडेलको प्रमूख आतिथ्यतामा राष्ट्रपति भवनमा आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८० गिरी र श्रेष्ठलाई सो सम्मानबाट सम्मानित गरिने भएको हो। नौ विधामा राष्ट्रिय पुरस्कार प्रदान गरिने समारोहमा विभिन्न विधाका ३५ कलाकर्मी र पत्रकारलाई विशेष योगदान सम्मान पनि प्रदान गरिने भएको छ। सो अवसरमा पत्रकार डब्बु क्षत्री, निर्देशक शोभित बस्नेत, ऋषिराज आचार्य, सुदर्षन थापा, केदारप्रसाद पाठक, विमल पौडेल, दयाराम दाहाल, प्रितम गुरुङ, भूपेन्द्रकुमार खड्का र सुनिल पाण्डे, कालकारहरु अर्जुन श्रेष्ठ, अर्जुन जंग शाही, कमलप्रसाद शर्मा (अर्याल), कमलकान्त मैनाली, किरण केसी, झरना थापा, रामचन्द्र अधिकारी, रामेश्वर केसी, रामेश्वर बुर्लाकोटी, विजय लामा, बिमला केसी, सन्तोश पन्त, सुनिल कटुवाल र सुवासप्रसाद गजुरेललाई विशेष योगदान सम्मान प्रदान गरिने भएको छ। त्यसै गरी गायक शिव परियार, एरेञ्जर सुनयमान श्रेष्ठ, छायांकार गौरी शंकर धुजु, निर्माता सुवास गिरी र कृष्णप्रसाद पोखरेल, वितरक रमेश ढकाल, फिल्म व्यवसायी ओम अग्रवाल, एनआरएन दुबई निवर्तमान अध्यक्ष ठाकुरप्रसाद ढुंगाना, प्राविधिक मनोज केसी र चितवनको ईन्द्रदेव चलचित्र मन्दिरलाई सो सम्मनबाट सम्मानित गरिने भएको छ।

समारोहमा जनही २५ हजार रुपियाँसहित उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक, फिल्म, लेखन (कथा, पटकथा र संवाद), छायाँङ्कन, सम्पादन, आदिवासी जनजाती तथा मातृभाषी फिल्म विधामा राष्ट्रिय पुरस्कार प्रदान गरिने तथा निर्णायकलाई अभूतपूर्व लागेमा बढीमा दुई विधाको अवार्ड थपेर प्रदान गरिने बोर्डले जनाएको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *