लगातार तेस्रो जित निकाल्दै न्यूजिल्यान्डले जित्यो पाकिस्तानविरुद्धको टी-२० सिरिज

लगातार तेस्रो जित निकाल्दै न्यूजिल्यान्डले जित्यो पाकिस्तानविरुद्धको टी-२० सिरिज

काठमाडौं ।

न्यूजील्यान्डले पाकिस्तानविरुद्धको टी- २० सिरिज २ खेल अगाडी नै जितेको छ। जारी ५ खेलको सिरिजमा न्यूजील्यान्डले लगातार तीन खेल जितेर सिरिज कब्जा गरेको हो।

बुधबार सम्पन्न सिरिजको तेस्रो खेलमा न्यूजील्यान्डले पाकिस्तानलाई ४५ रनले पराजित गरेको छ। न्यूजील्यान्डले दिएको २२५ रनको लक्ष्य पछाएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउँदै १७९ रन मात्र बनाएको थियो।

पाकिस्तानका लागि बाबर आजमले सर्वाधिक ५८ रन बनाए भने मोहमद नवाजले २८ तथा मोहमद रिजवानले २४ रनको योगदान दिएका थिए। न्यूजील्यान्डका बलर टिम साउथीले २ विकेट लिए भने माट हेनरी, लुकी फर्गुसन, मिचेल सान्टनर तथा इश सोढ़ीले एक एक विकेट लिएका थिए।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको न्यूजील्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २२४ रन बनाएको थियो। न्यूजील्यान्डका लागि फिन एलेनले आक्रामक ब्याटिङ गर्दै ६२ बलमा १३७ रनको शानदार पारी खेलेका थिए।

त्यस्तै टिम सेइफेर्टले ३१ रन बनाए भने ग्लेन फिलिपले १९ रन बनाएका थिए। पाकिस्तानका लागि हरिस राउफले २ विकेट लिए भने कप्तान शाहिन शाह अफ्रिदी, जमान खान, मोहमद नवाज र मोहमद वासिमले एक एक विकेट लिएका थिए।

यो जितपछि न्यूजील्यान्ड ५ खेलको सिरिजमा ३-० ले अगाडी भएको छ। अब सिरिजको चौथो खेल आगामी शुक्रबार हुने छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *