लम्पी स्किन पीडित किसानलाई राहत, ३ महिनालाई पुग्ने खाद्यान्न मौज्दात

लम्पी स्किन पीडित किसानलाई राहत, ३ महिनालाई पुग्ने खाद्यान्न मौज्दात

काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्कीन महामारीका कारण क्षति व्यहोरोका किसानलाई राहत दिने मापदण्ड तयार गरेको छ । पीडित किसानलाई मरेका पशुअनुसार कम्तीमा ५ हजारदेखि २० हजार रुपैयाँसम्म राहत दिने गरी राहत मापदण्ड बनाइएको हो । मन्त्रालयले तयार गरेको मापदण्ड आर्थिक विश्लेषणका लागि अर्थ मन्त्रालयमा पठाइएको मन्त्रालयले जनाएको छ । किसानलाई तीन चरणमा दिने गरी नगदमै राहतको प्रस्ताव गरिएको छ । किसानलाई ठूला वयस्क भैंसी र गाई मरेकोमा प्रति चौपाया २० हजार रुपैयाँ, स्थानीय जातको ठूला गाईभैंसी, गोरु र राँगालाई १५ हजार र मृतक बाच्छारबाच्छीलाई ५ हजार रुपैयाँ राहत प्रस्ताव गरिएको हो ।

तीन महिनालाई पुग्ने खाद्यान्न मौज्दात

सरकारले कुल खाद्यान्न मौज्दात १ लाख ७० हजार ८ सय २ क्विन्टल खाद्यान्न मौज्दात रहेको जानकारी गराएको छ । मंगलवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले का सचिव मधुकुमार मरासिनीले सुगम जिल्लाहरुमा ४४ हजार ६ सय ८२ क्विन्टल र दुर्गम जिल्लाहरुमा १४ हजार ४ सय ८२ क्विन्टल चामल मौज्दात रहेको जानकारी दिएका हुन् । बोलपत्र आह्वान गरी खुला बजारमा प्राप्त भइरहेको ७२ हजार ६ सय ८४ क्विन्टल गरी जम्मा १ लाख ३१ हजार ८ सय ४९ क्विन्टल चामल मौज्दात रहेको छ भने धान ४ हजार ६ सय ३२ क्विन्टल मौज्दात रहेको छ । मौज्दात रहेको खाद्यान्नबाट ३ महिनासम्मको आवश्यकताको परिपूर्ति हुने छ ।

स्थानीयलाई दर्दीखोलाको पानी १० प्रतिशत

लमजुङको दोर्दी गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाले खोलामा १० प्रतिशत पानी छाड्ने भएको छ । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा दोर्दी करिडोरभित्र सञ्चालित जलविद्युत् आयोजनाको सञ्चालक प्रतिनिधिबीचको छलफलमा हिउँदको समयमा १० प्रतिशत खोलामा छाड्ने सहमति भएको हो । दोर्दी करिडोरमा ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजना, २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना, १२ मेगावाटको दोर्दी–१ जलविद्युत् आयोजना, चार मेगावाटको माथिल्लो छन्दी खोला जलविद्युत् आयोजना र दुई मेगावाटको छन्दी खोला जलविद्युत् आयोजना गरी ६ वटा जलविद्युत् आयोजनाबाट एक सय २४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

आईपीओ निष्कासन गर्दै मिड सोलु हाइड्रोपावर

मिड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २८ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि तथा दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निश्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० लाख आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

शेयर बजारमा ६ अंकको गिरावट

मंगलबार सेयर बजारमा कुल ७९ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमावर १ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको थियो । नेप्से परिसूचक भने अघिल्लो दिनको तुलनामा ६.४५ अंक घटेर १ हजार ९ सय ६१ अंकमा कायम भएको छ । कुल ७१ कम्पनीको मूल्य बढ्दा १ सय ५१ को घट्यो भने ७ को स्थिर रहृयो । बैंकिङ २.९, विकास बैंक ४, फाइनान्स १२, होटल तथा पर्यटन ४३, जलविद्युत् १३, जीवन बीमा ६८, माइक्रोफाइनान्स ७, निर्जीवन बीमा ५८ तथा अन्य उपसमूह ३ अंक घटेका छन् भने ब्यापार १३ र उत्पादन उपसमूह १९ अंक बढेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *