ललितपुरका सहायक सिडियो अब गीतकार

ललितपुरका सहायक सिडियो अब गीतकार

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको पहिचानमा गीतकार पनि थपिएको छ।
सुनुवारद्वारा रचित लिखु नदीको तिरैतिरै बोलको गीत भिडियोसहित सार्वजनिक भएसंगै उनको पहिचान गीतकारको रुपमा पनि थपिएको हो।
बग्नुछ प्रेमले निरन्तर लिखु नदीको तिरैतिर
फुल्नुछ प्रेमले निरन्तर, मायाको बाटो भिरैभिर।
प्रशासनिक कार्य र गीत सिर्जना दुवै अलग अलग विधा हुन्। एउटा कानून र तथ्यमा आधारित निरसपूर्ण कार्य अर्को श्रृंगाररसले भरिएको कल्पनाको संसार।

निरस काम गर्ने व्यक्तिको अन्तरस्करणमा पनि रसिलो व्यक्ति लुकेको हुन्छ भन्ने भाव गीतको भिडियोमार्फत देखाउन खोजिएको छ। सुनुवारले गीत रच्ने क्रममा लेखेका छन्। गीतको भिडियोमा लामो समयदेखि प्रशासकको रुपमा चिनिएको सुनुवारले अभिनयसमेत गरेका छन्।

उनले हरेक दिन कार्यालयमा आउँदा लाउने औपचारिक पोशाकमै सज्जिएर म्युजिक भिडियोमा अभिनय गरेका छन्। भिडियोमा सुनुवारसँगै गीतका गायक महेश मुखियाले पनि अभिनय गरेका छन्। रामेछाप र ओखलढुंगालाई छुट्याउने लिखु नदीको किनारा सिरिसेमा जन्मिएका सुनुवारको गीतको भिडियोमा लिखु नदी र त्यहाँका प्राकृतिक वातावरणलाई पृष्ठभूमी बनाएको छ। भिडियो सुवासकुथुमी राईले खिचेका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *