
काठमाडौं । झण्डै २ महिनाको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनका आधारमा आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
सरकारी वकिलको कार्यालयले चार पूर्वमन्त्रीसहित २ सय ९० जनाविरुद्ध किर्ते सम्बन्धी मुद्दा दायर गरेको छ । यो प्रकरणमा ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी पनि गरिएको छ ।
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरण मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं जिल्ला अदालतबाट ४ सय ६ जनालाई पक्राउ अनुमति लिएको थियो ।
ती मध्ये झण्डै २ दर्जनलाई सीआईबीले पक्राउ ग¥यो । पक्राउ परेका मध्ये १४ जना अहिले पनि सीआईबीकै हिरासतमा छन् ।
ललिता निवास जग्गा ब्यक्तिका नाममा गराउन पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईले नीतिगत निर्णय नै गराएका थिए । यो प्रकरणमा चार पूर्वमन्त्रीहरु पनि मुछिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रक्रिया निश्कर्षमा नपुग्ने ललिता प्रकरणको फाइल खोलिएपछि नै विभिन्न आशंकाहरु गरिएका थिए । तर पनि सीआईबीले आफ्नो अनुसन्धान भने जारी नै राखेको थियो ।
ललिता प्रकरणको जालो पूर्वप्रधानमन्त्री, मन्त्रीदेखि वहालवाला सचिव तथा ब्यापारी र उच्च घरानियासम्म नै थियो । सरकारी जग्गा हिनामिनाको जालो शीर्ष दलका शीर्ष नेताहरुसम्म नै आइपुग्ने भएपछि सीआइबीको अनुसन्धान जुन रफ्तारमा हुनुपर्ने हो, त्यो हुन सकेन ।
जेनतेन पूर्वप्रधानमन्त्रीद्वयसँग पनि घरमै गएर सीआईबीले ठाडो कागजमा हस्ताक्षर गराई अनुसन्धानको झारा टारिदियो ।
५७ दिन लगाएर सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले आइतबार चार पूर्वमन्त्रीसहति २९० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पु¥याएको भन्दै चार पूर्व मन्त्रीसहित २९० जना विरुद्ध मुद्दा दर्ता गरिए पनि संगठित अपराधमा भने मुद्दा दर्ता गरिएको छैन ।
यो प्रकरण ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ ।
उनीहरुमाथि किर्तेको अभियोग लगाइएको छैन । तर किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।
सरकारी वकिलबाट मुद्दा अभियोजन भएसँगै अब थुनछेक बहस शुरु हुनेछ । थुनछेक बहसपछि अभियुक्तलाई पुर्पक्षका लागि थुनामै राखेर मुद्दा अगाडि बढाउने कि धरौटीमा रिहा गर्ने जिल्ला अदालतले फैसला गर्नेछ ।