पोखरा । ला ग्रान्डी इन्टरनेसनल कलेज र नबिल बैंक लि.को साझेदारीमा १ वर्षदेखि सामाजिक उद्धमशीलतासम्बन्धी तालिम सञ्चालन हुँदै आएको छ ।

नबिल बैंकको नबिल स्कुल अफ सोसल इन्टरप्रिनरसिप नामको सो कार्यक्रम गण्डकी प्रदेशमा ला ग्रान्डीले सञ्चालन गर्दै आएकोमा तेस्रो संस्करणको अभिमुखीकरण एवं उद्घाटन समारोह शनिबार सम्पन्न भयो ।
गण्डकीका युवालाई लक्षित गर्दै उद्यमशीलता विकासको लक्ष्य राखी हरेक ३ महिनामा सामाजिक उद्यमशीलताका विभिन्न विधामा विषयविज्ञ तथा प्रशिक्षकद्वारा प्रशिक्षण गरिने कलेजका उपप्राध्यापक तथा तालिम संयोजक अमृत पौडेलले बताए । तेस्रो संस्करणमा शनिबारदेखि २१ सेसन सञ्चालन भइरहेको छ ।
नविल बैंक पोखरा शाखाका म्यानेजर प्रदीप पहारीले स्वागत मन्तब्य व्यक्त गर्दै प्रशिक्षणबारे प्रकाश पारे । पोखरा शाखा प्रबन्धक प्रदीप उपाध्याय पहारीद्वारा आफैँमा सिप विकास भए आत्मनिर्भर भएर अघि बढ्न सक्ने बताए ।
नबिल बैंक क्लस्टर हेड हरि ढकालले हाल युवा विदेश जाने र नफर्कने क्रम बढेसँगै आगामी दिनमा देशमा आउन सक्ने ठुलो चुनौतीबीच यस किसिमका तालिमले उत्प्रेरणा जगाउने बताए ।
पोखरा विश्वविद्यालयद्वारा अनुबन्धित तथा आइएसओ गुणस्तरबाट प्रमाणित उक्त कलेजमा स्नातक तहको आइटीतर्फ बिसिए, व्यवस्थापनमा बिबिए र जनस्वास्थ्यमा बिपिएचको पढाइ हुन्छ ।