लुम्बिनीः जसपा सरकारमा सहभागी, भण्डारी लाल कृषिमन्त्री नियुक्त

दाङ – लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी सहभागी भएको छ। जसपा संसदीय दलका नेता भण्डारी लाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरिएको छ।
यसअघि कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त भएका तुलसीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने गरी नयाँ जिम्मेवारी तोकिएको छ। अहिरले भोलि पद तथा गोपनियताको शपथ लिनेछन्।
लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन्। मुख्यमन्त्री चयनको वेला विश्वासको मत दिएको जसपा माघ २८ मा विस्तार गरिएको मन्त्रिमण्डलमा अटाएको थिएन। कृषि तथा भूमि व्यवस्था मन्त्रालय जसपालाई दिने सहमति भएको सो पार्टीले जनाएको छ।
अब प्रदेशमा मुख्यमन्त्रीसहित १० मन्त्रालय र ११ मन्त्री भएका छन्। जसमध्ये नेकपा एमालेबाट मुख्यमन्त्रीसहित ५ माओवादी केन्द्रबाट ३, जनमत, राप्रपा र जसपाबाट १/१ मन्त्री छन्। साभर -देश सञ्चार

Leave a Comment

Your email address will not be published. Required fields are marked *