लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्राप्त गरेका छन् ।

मंगलबार प्रदेश सभा बैठकमा विश्वासको मत मागेका मुख्यमन्त्री चौधरीले ५३ जनाले पक्षमा र २९ जनाले विपक्षमा मतदान गरे ।

कांग्रेसको प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री चौधरीलाई गठबन्धनमा आबद्ध ८ दलका सांसदहरुले पक्षमा मतदान गरेका छन् । विपक्षमा नेकपा एमाले मतदान गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य भने तटस्थ बसे ।

एमालेका मुख्यमन्त्री लिला गिरीले ११ वैशाखमा विश्वासको मत गुमाएपछि गठबन्धनको सरकार बनेको थियो । चौधरी १४ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए । हाल लुम्बिनी प्रदेशसभामा १० दलका ८७ जना प्रदेशसभा सदस्य छन् । मुख्यमन्त्री बन्नका लागि ४४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *