लोकगीत मार्फत समाजका कुरीतिमाथि प्रहार, सचेतनामा जोड

लोकगीत मार्फत समाजका कुरीतिमाथि प्रहार, सचेतनामा जोड

कमलेशचन्द्र गुप्ता , बहादुरगन्ज ।
कृष्णनगर नगरपालिका–९ , बहादुरगञ्जमा “सामाजिक हानिकारक मूल्य मान्यता विरुद्धको बिरहा रंग–संस्कृति संग कार्यक्रम” भव्यतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष सतिश हरिजन रहनुभयो भने अध्यक्षता सुर्यमती पासीले गर्नुभयो । लोकगायक कपिलदेव धोबी, निरहु यादव तथा सुभास टाइगरले विभिन्न रसका बिरहा लोक गीत प्रस्तुत गर्दै जातीय भेदभाव, छुवाछूत, अन्तरजातीय विवाहमाथि रोक, दहेज प्रथा, महिलामाथि हुने हिंसा र लैंगिक असमानताजस्ता सामाजिक कुरीतिहरूलाई मार्मिक ढंगले प्रस्तुत गरेका थिए ।
कार्यक्रमको आयोजनामा दलित सामाजिक विकास केन्द्र डङरी, सहयोगमा द एशिया फाउन्डेसन र समन्वयमा अवध जागरण मिडिया प्रा.लि., कपिलवस्तु रहेका थिए ।
सञ्चालन रिखिराम हरिजनले गर्नुभएको कार्यक्रममा परशुराम हरिजन र राजकुमार हरिजनको विशेष सहयोग रहेको आयोजकले जनाएको छन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *