वायुसेवा सञ्चालन गर्न कम्तिमा ३ जहाज हुनुपर्ने

वायुसेवा सञ्चालन गर्न कम्तिमा ३ जहाज हुनुपर्ने

अण्डामा मनलाग्दी मूल्य, सरकार भने रमिते

पछिल्लो समय अण्डाको चर्को मुल्य तिर्न उपभोक्ता बाध्य छन् । अण्डाको मुल्य बजारमा निरन्तर बढिरहेको अवस्थामा नेपाल लेयर्स कुखुरा पालक संघ चाबहिल नामको एक संस्थाले आफुखुशी अण्डाको उपभोक्ता मुल्य २० रुपैयाँ तोकेको छ । यसअघि नेपाल अण्डा उत्पादक संघले नेपाली बजारमा कुखुराको अण्डाको बिक्री मूल्य तोक्दै आएको थियो । शिवराम केसी नेतृत्वको उक्त संघले २ भदौमा अण्डाको प्रतिक्रेट मूल्य ४३० रुपैयाँ र मझौलाको ४१० रुपैयाँ तोकिएको छ । कानुन अनुसार २० प्रतिशत मात्रै नाफा राख्न पाउने भएपनि आफुखुशी ४३ प्रतिशत नाफा राखेर अण्डाको मुल्यमा उपभोक्ता ठगिरहदा सरकार भने मुकदर्शक बनेको छ ।

घरायसी काममा ६० प्रतिशत बिजुली खर्च

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानले देशभर घरायसी कामका लागि ६० प्रतिशत बिजुली खर्च हुने जनाएको छ । खाना पकाउन, बत्ती बाल्न लगायत विभिन्न घरायसी कामका लागि ६० प्रतिशत बिजुली खर्च हुने गरेको इप्पानको प्रतिवेदनमा उल्लेख छ । यस्तै २२ दशमलव १७ प्रतिशत बिजुली औद्योगिक क्षेत्रमा, १० दशमलव ४९ प्रतिशत यातायात, ४ दशमलव ७९ प्रतिशत व्यवसायिक, १ दशमलव ०२ प्रतिशत निर्माण, र अन्य क्षेत्रमा ० दशमलव ९४ प्रतिशत बिजुली खर्च हुने देखिएको छ । हालसम्म दुई हजार ७९४ मेगावाट बिजुली उत्पादन भइरहेको छ। चार हजार ४५२ मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन अवस्थामा छन्। १२०० मेगावाट पिपिएका लागि आवेदन छ ।

वायुसेवा सञ्चालन गर्न तीन जहाज हुनुपर्ने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले वायुसेवा कम्पनीहरूका लागि नयाँ मापदण्ड लागुगर्ने भएको छ । एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट्स (एओसिआर) दसौँ संशोधनमार्फत क्यानले वायुसेवा कम्पनी सञ्चालनका लागि इच्छुक नयाँ कम्पनीहरूसँग न्यूनतम तीनवटा जहाज हुनैपर्ने व्यवस्था लागु गरेको छ । यस्तै वायुसेवा सञ्चालनका लागि कम्पनिले पर्यटन मन्त्रालयबाट इजाजतपत्र (लाइसेन्स) लिएपछि क्यानबाट एयर अपरेटर सर्टिफिकेट (एओसी) लिनुपर्छ । एओसी लिनका लागि विभिन्न कानुनी, आर्थिकलगायत मापदण्ड परिपालना गर्नुपर्ने क्यानले जनाएको छ ।

२० अर्ब बढीको ट्रेजरी बिल नवीकरण गरिँदै

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । सरकारले सोमबार राष्ट्र बैंक मार्फत ट्रेजरी बिक्री गरेर २० अर्ब ४ करोड ५० लाख रुपैयाँ आन्तरिक ऋण उठाउने भएको हो । राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ, १८२ दिनका लागि ७ अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ । सोमबार उक्त ट्रेजरी बिलको अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

नाडा अटो शोको टिकटिङ् पार्टनर खल्ती

‘नाडा अटो शो २०२३’ मा ‘खल्ती’ले टिकटिङ् पार्टनरको रुपमा साझेदारी गरेको छ । उक्त साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले ‘नाडा अटो शोको टिकट खल्ती मार्फत खरिद गरी एक्स्पोमा सहभागी हुन सक्नेछन् । भदौ २६ देखि ३१ सम्म हुन गइरहेको एक्स्पोमा विद्यार्थी वर्गले १५० र अरुले २०० रुपैयाँ भुक्तानी गर्नुपर्ने टिकट शुल्कमा खल्ती मार्फत टिकट काट्दा २० प्रतिशत क्यास्ब्याक प्राप्त गर्न सक्ने छन् । यसका साथै सहभागीहरूले खल्तीको स्टल अवलोकन गरी खल्तीको विभिन्न अफर्सहरुको बारे सम्पूर्ण जानकारी प्राप्त गर्ने र खल्तीमा उपलब्ध अन्य रोचक खेलको मज्जा पनि लिन सक्ने उल्लेख छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *