वार्ड अध्यक्ष बिके चौधरीको सराहनीय काम , १५ बर्ष पछि पुनः किसानलाई सिचाई सुबिधा

पुष ८ कृष्णनगर
१५ बर्ष देखि बन्द रहेको पत्थरदेइया जल उपभोक्ता संस्था अहिले सुचारु भएपछि किसानीहरुमा खुसियाली छाएको छ । सुरहीखोलामा तटबन्ध लगाइ कुलो मार्फत बिजयनगर ३का  पत्थरदेइया मैनारी महदेइया र कृष्णनगरका केही भुभाग माडा र सुखरामपुरका गरि १००० हेक्टर   भन्दा बढी  जग्गा सिचाइयुक्त हुने भएको उक्त संस्थाका सचिव अजय मिश्रले बताएका छन ।
वडाको ८ लाख र संस्थागतको सहयोगमा बन्द भइसकेको लगभग ६ किलोमिटर कुलो मर्मत गरि किसानको सिधै सिचाइ पुगेको वार्ड अध्यक्ष हृदय बिकास (बिके ) चौधरीले बताएका छन । बिजयनगर ३ मौनारीका रामकुमार यादवले सिँचाइ कुलो मर्मत  भएपछि खेतीकिसानीबाट निकै नै राम्रो प्रतिफल लिन सक्ने अवस्था आएको  बताए  ।  कुलोको पानी आउन बन्द भएको १५ बर्ष देखि  जसोतसो धान र गहुँ बाली लगाए पनि खर्च लागत बढी र  उत्पादन  त्यति नहुने अहिले दुई बालीसम्म भित्र्याउन कम खर्च राम्रो उत्पादन गर्न सजिलो भएको रामकुमारले दोहोर्‍याए । 
वडा अध्यक्ष बिकेले सबै किसानको आवश्यकता र गुनासोलाई ध्यानमा राखी बजेट छुट्ट्याउनु भएको र काम सम्पन्न भएपछि   गहुँ सिचाइको भरपुर पानी आएको र धान बालीको लागि पनि सहज भएकोमा खेत भएका सबै किसान निकै खुशी छन् ।  सिँचाइ कुलो निर्माणपछि किसानले बालीमा सहजै सिँचाइ गर्न पाउने भएका छन   ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top