विजयनगरमा टिप्परको ठक्करबाट १ जना को घटना स्थलमा मृत्यु

फ़ाइल फ़ोटो

अवध जागरण, विजयनगर ।

 टिप्परले ठक्कर दिँदा १ जना को घटना स्थलमा  मृत्यु भएको छ ।

 विहिवार विहान ९ बजे तिर पुर्व देखि पश्चिम तर्फ आइरहेको  न १ क ७४५३ नम्बरको टिप्परले उत्तर बाट पुर्व  तर्फ घर जाने क्रममा  मोटर साइकललाई ठक्कर दिदा मोटर साइकलमा   सवार विजयनगर –७ मानपुर बस्ने स्थानीय वर्ष ४५ को लालमन केवटको घटना स्थलमै मृत्यु  भएको  ईलाका प्रहरी कार्यालय  गणेशपुर प्रमुख  रण बहादुर बिष्टले जानकारी  दिनु भएको  छ । टिप्पर  र  चालक  प्रहरी को नियन्त्रणमा रहेकोे  छ ।  

घटनाको बारे थप अनुसन्धान  भइरहेकोे  ईलाका प्रहरी कार्यालय  गणेशपुरले जनाएको  छ । शव  पोस्टमार्टमको लागि बहादुरगन्ज पठाइएको बताइएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *