
गौतम यादव ,
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–१ स्थित गुगौली गाउँको दक्षिणतर्फ रहेको बड्की माई मन्दिरको ठीक सामुन्ने हुलाकी सडकमा आज बिहान ट्याक्टर अनियंत्रित भई भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।
विजयनगर गाउँपालिका–२ निवासी २५ वर्षीय राजेश तेली सरिया र सिमेन्ट खसालेर फर्किने क्रममा अनियंत्रित भई ट्याक्टर (लु ३ त ४७९७) हुलाकी सडकको डिभाइडरमा ठोक्किँदा पल्टिएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ।
ट्याक्टरमा सवार श्यामलाल कोरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि लगिएको भए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। चालक राजेश तेली गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल बुटवलमा उपचाररत छन्। प्रहरीका अनुसार दुर्घटनाको थप अनुसन्धान जारी छ।