
महेन्द्र यादव , ९ माघ –
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ३ मा महिला स्वयंसेविका प्रोत्साहन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत महिला स्वयंसेविकाहरूलाई वडा अध्यक्ष हृदय विकास चौधरीद्वारा प्रमाणपत्र तथा दराज प्रदान गरी सम्मानित गरियो।
कार्यक्रममा वडा अध्यक्ष चौधरीले महिला स्वयंसेविकाहरूको मेहनत र समर्पणप्रति प्रशंसा व्यक्त गर्दै यस्ता कार्यक्रमले उनीहरूलाई थप प्रेरित गर्ने विश्वास व्यक्त गरे।
यस सराहनीय कार्यका लागि वडा अध्यक्षलाई धन्यवाद प्रकट गर्दै सहभागीहरूले आगामी दिनमा यस्तै कार्यक्रमको अपेक्षा व्यक्त गरे।