विजयनगर–६ सेमरी चाफामा भीषण आगलागी: पाँच घर, बाख्रा बारा र २० वटा कुखुरा नष्ट ।

विजयनगर–६ सेमरी चाफामा भीषण आगलागी: पाँच घर, बाख्रा बारा र २० वटा कुखुरा नष्ट ।


गौतम यादव
चैत २२, बिजयनगर ।

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–६ स्थित सेमरी चाफा गाउँमा आज अपराह्न समयलाई सामुदायिक वन उज्ज्वलपुरको जंगलबाट सुरु भएको आगो बस्तीमा पस्दा ठूलो क्षति भएको छ। आगलागीबाट गाउँका पाँचवटा घर, एउटा बाख्रा बारा, कट्ठा गहुँको बाली र २० वटा कुखुरा जलेर पूर्णरूपमा नष्ट भएका छन्।
स्थानीय बासिन्दाका अनुसार आगोले क्षणभरमै बस्तीलाई ढाकेको थियो। आगो निभाउन स्थानीयवासी, सुरक्षाकर्मी तथा दमकलको टोली सक्रिय भएर जुटे पनि ठूलो क्षति हुनबाट जोगाउन सकिएन।
घटनास्थलमा अहिले पनि स्थानीयवासी पीडित परिवारको सहयोगमा जुटेका छन्। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट लाखौं रुपैयाँ बराबरको क्षति भएको छ। यद्यपि आधिकारिक क्षतिको विवरण आइसकेको छैन।
आगलागी कसरी सुरु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको स्थानीय प्रशासनले जनाएको छ। पीडित परिवार अहिले विस्थापित भएका छन् र उनीहरूलाई तत्काल राहत र आवासको आवश्यकता परेको स्थानीयले बताएका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *