विदेश जानेले २५ सय डलर लैजान पाउने, ७५ हजार बढी मानिस कालो सूचीमा

विदेश जानेले २५ सय डलर लैजान पाउने, ७५ हजार बढी मानिस कालो सूचीमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यवसायिक सफलताका लागि सहकार्य र एकता अत्ति आवस्यक हुने बताएका छन् ।

अध्यक्ष ढकालले महासंघको वस्तुुगत परिषदले आयोजना गरेको एक कार्यक्रमलाई संवोधन गर्दै यस्तो बताएका हुन् ।

यस्तै, उनले वस्तुुगत संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मान गर्दै व्यवसायिक गतिविधि बढाउन सदस्य वस्तुुगत संघहरूले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसनिय भएको दाबी गरे ।

उनले महासंघमा आबद्ध सदस्य वस्तुुगत संघहरू बलिया खम्वा भएको समेत बताए ।

विदेश जानेले २५ सय डलर लैजान पाउने

अब भारतबाहेक अन्य मुलुक जानेले २५ सय डलरसम्म रकम लैजान पाउने भएका छन् ।

यसअघि वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको भन्दै केन्द्रीय बैंकले न्यून मात्रामा मात्रै डलर सटही सुविधा पाउने व्यवस्था गरेको थियो । तर, राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०\८१ को लागि ल्याएको मौद्रिक नीतिको कार्यान्वयनको लागि परिपत्रमार्फत् गरेको एकीकृत निर्देशन संशोधनले यस्तो व्यवस्था गरेको हो ।

हाल अमेरिकी डलर १५ सयसम्म सटही सुविधा उपलब्ध छ । त्यस्तै, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेले राहदानीबापत दुई सय अमेरिकी डलरसम्म साथमा लैजान पाउने व्यवस्था यथावत छ । विदेश जानेले २५ सय डलर लैजान पाउने

२५ लाखमुनिको गाडी कर्जामा घट्यो जोखिमभार

२५ लाख रुपैयाँ भन्दा कम मूल्यका निजी सवारीसाधनको कर्जामा जोखिमभार घटेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको ऊक्त व्यवस्था कार्यान्वयनका लागि शुक्रबार परिपत्र जारी गर्दै २५ लाखमुनिका गाडीमा कर्जा जोखिमभार १ सय ५० बाट घटाएर १०० प्रतिशत कायम गरेको हो ।

यसले सस्ता गाडीमा कर्जा प्रोत्साहन हुनेछ भने महँगा गाडीमा निरुत्साहन गर्न खोजिएको छ । यसअघि सबै मूल्यका सवारी कर्जाको जोखिम भार १५० प्रतिशत थियो ।

अब भने २५ लाख वा सो भन्दा बढी मूल्यका सवारी कर्जाको जोखिम भार १५० प्रतिशत रहने छ ।

तीन हजार विदेशी कामदार

नेपालमा सञ्चालनमा रहेका योजना तथा उद्योग (रोजगारदाता) ले श्रम स्वीकृति लिएर करिब ३ हजार विदेशी कामदारलाई रोजगारी दिएको पाइएको छ ।

श्रम तथा व्यवसायजन्य विभागको तथ्यांकअनुसार अन्तर्राष्ट्रिय विकास साझेदारबाट सञ्चालित ठूला विकास आयोजना र उद्योगमा काम गर्ने विदेशीको संख्या गत आर्थिक वर्षवमा २ हजार ९ सय ९४ जना रहेको छ ।

विभागको अनुसार गत वर्ष २ हजार २१ चिनियाँ, ११७ बेलायती, १०२ अमेरिकी, ९७ जापानी, ८२ कोरियन र बाँकी अन्य देशका ३११ जनाले विभागबाट रोजगारीका लागि श्रमस्वीकृति लिएको तथ्यांक छ ।

यसैगरी १ हजार ६२५ जनाले श्रमस्वीकृति नवीकरण गरेका छन् ।

७५ हजार बढी मानिस कालो सूचीमा

आर्थिक मन्दी र चर्को ब्याजदरका कारण गत आर्थिक वर्ष २०७९\८०मा बैंकको ऋण तिर्न नसकेर कालोसूचीमा पर्नेहरूको संख्या दोब्बरले बढेको छ ।

कर्जा सूचना केन्द्रका अनुसार गत आर्थिक वर्षमा कुल ३४ हजार एक सय ८५ जना व्यक्ति बैंकको ऋण तिर्न नसकेर कालोसूचीमा परेका छन ।

यो संख्या अघिल्लो आर्थिक वर्ष २०७८\७९को तुलनामा एक सय १३ दशमलव ६६ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७८÷७९मा कुल १६ हजार ऋणी कालोसूचीमा परेका थिए ।

कालोसूचीमा पर्नेमध्ये लघुवित्त वित्तीय संस्थाको ऋण तिर्न नसक्नेहरूको संख्या सात सय २१ छ ।

आर्थिक वर्ष २०७८\७९को असार मसान्तसम्म कालोसूचीमा पर्नेहरूको नम्बर ४० हजार आठ सय ३० रहेकामा २०७९÷८०को अन्त्यमा ७५ हजार १५ पुगेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *