विद्याको प्रत्यक्ष राजनीतिमा ओलीको तगारो, किन तर्सिंदैछन् ओली ?

विद्याको प्रत्यक्ष राजनीतिमा ओलीको तगारो, किन तर्सिंदैछन् ओली ?

काठमाडाैँ । दुई कार्यकाल राष्ट्रपति भएपछि यतिबेला घरमा बसिरहेकी विद्यादेवी भण्डारीले एमालेको नेतृत्व सम्हाल्नुपर्ने लगायत सक्रिय राजनीतिमा फर्किनुपर्ने आवाजहरु उठिरहेका छन् । राष्ट्रपतिमा हुँदा एमालेको छत्रछाँयामा परेको गम्भीर आरोप खेपेकी भण्डारी राजनीतिमा फर्किने विषयमा चर्चा चले पनि यसलाई अध्यक्ष केपी ओलीले भने तत्कालका लागि बाटो बन्द गरिदिएका छन् ।

मदन भण्डारीकी पत्नी भएकाले पनि उनले अब के गर्लिन् भन्ने विषयमा आम चासो हुनु स्वाभाविक नै हो । एमालेमा मदन भण्डारीको लिगेसीका कारण पनि भण्डारीलाई केहि नेताहरुले शक्ति केन्द्रको रुपमा फर्काउनुपर्ने आवाज नउठाएका होइनन् । भण्डारीले पनि एमालेमा आफ्नो उपस्थिति कस्तो होला भन्ने विषय आंकलन गरेरै बसेको देखिन्छ ।

राष्ट्रपति हुँदा एमालेको छत्रछाँयामा परेर गैरकानूननी निर्णय गरेको प्रश्नमा रक्षात्मक हुँदै देश र जनताका पक्षमा काम गर्ने भन्दै भण्डारीले केही विवास्पद निर्णय गरेकी थिइन् । उनी सक्रिय राजनीतिमा आउने विषयबारे सोचमै रहेकी छन् । बरु त्यसका लागि उपयुक्त बाटोको खोजीमा छिन् । तर, राष्ट्रपतिको रुपमा सफल राष्ट्रपतिको संज्ञा दिदै आएका एमाले अध्यक्ष केपी ओलीले भने भण्डारीलाई नेताहरुले भेट्न गएको विषय सामान्य भएको बताउदै भण्डारीलाई पार्टीमा आउन आग्रह गरिएको भनी अतिरअञ्जना नगर्न अपिल गरेका छन् ।

ओली भण्डारीप्रति सधैं नै नरम देखिन्छन् । तर, ओलीले भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा आउनका लागि नेताहरुले कार्ड नै छापेर पुगेको जसरी प्रचार नगर्न चेतावनी नै दिएका छन् । उनको यो अभिव्यक्तिले भण्डारी तत्काल सक्रिय राजनीतिमा आइहाल्ने स्थिति नदेखिएको संकेत मिलेको छ । भण्डारीलाई अघि सारेर पार्टीमा समस्या निम्त्याउन खोजिएको ओलीको दाबी छ ।

कतिपय एमालेका नेताहरु पछिल्लो समय उमेरहद हटेपछि भण्डारीलाई अघि सारेर ओलीविरुद्धका कदम चाल्ने प्रयत्नमा देखिन्छन् । भण्डारीले हस्तक्षेप गर्दा ओली हच्किन्छन् की भन्ने ठानेका नेताहरु भण्डारीलाई मदनको योगदानसँग जोडेर बहस समेत गर्न खोजेका छन् । तर, त्यो तत्कालका लागि सम्भव नदेखिएको ओलीको यो अभिव्यक्तिले पनि पुष्टी गरेको छ । राष्ट्रपतिबाट बिदा भएपछि भण्डारी मौन बस्ने र नेताहरुलाई आफ्नो निवासमा बोलाएर माहोल बुझ्न लगाउने गरेका कारण पनि उनी तत्काल सक्रिय राजनीतिमा फर्किहाल्ने स्थिति बनिनसकेको एमालेका केहि नेताहरुले बताउने गरेका छन् ।

ओलीले उमेरहद हटाएरै भएपनि अर्को कार्यकालका लागि पार्टी अध्यक्ष र सरकारको नेतृत्व गर्ने चाहना राखेकै कारण पनि उनले विकल्प तयार हुन दिने स्थिति एमालेमा छैन । कांग्रेस-माओवादी गठबन्धनको सरकार तलमाथि भएर ओलीले सरकारको नेतृत्व पाएमा भने पार्टी नेतृत्वमा केहि तलमाथि हुनसक्ने देखिन्छ । तर, तत्काल यो सम्भावना पनि नभएकाले एमालेमा उमेरहद हट्ने र ओली अर्को अवस्थामा पनि प्रधानमन्त्रीको रुपमा अघि सर्ने देखिएका कारण भण्डारी वा अन्य नेताहरुले तत्काल कार्यकारीको सपना नदेख्दा पनि हुने वातावरण बनेको कतिपय नेताहरुको विश्लेषण छ ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *