विद्यार्थीको कलाले दंग

विद्यार्थीको कलाले दंग

एनके सिंह मेमोरियल इङ्लिस प्रिपरेटरी माध्यमिक विद्यालयको ५६औ“ स्थापना दिवस तथा स्कुलका संस्थापक एनके सिंहको जन्मजयन्तीमा विशेष सांस्कृति कार्यक्रम आयोजना गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सिनियर पाइलट क्याप्टेन अनिलमान श्रेष्ठको सभापतित्व तथा बागमती प्रदेशसभा सदस्य सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न भाषाभाषी तथा समुदायमा प्रचलित गीत, संगीत तथा माफ गर्नुहोला शीर्षकको नाटक पनि मञ्चन गरिएको थियो।

राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रममा विभिन्न गीत–संगीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा सो स्कुलका विभिन्न तहको कक्षामा अध्ययनरत विद्यार्थीहरूले सरस्वती वन्दना, कुमारी, इन्द्रजात्रा, घा“टु, तामाङ सेलो, भोजपुरी, नेवारीलगायतका नृत्य प्रस्तुत गरेका थिए। त्यसैगरी, पश्चिम कोही पूर्व घर, साली मनप¥यो, कर्के नजर, रातो र चन्द्र सूर्य, जुनी काट्छु भन्थ्यौ नि, चरी काफल टिप्यो, चुलबुलजस्ता गीतमा समेत नृत्य प्रस्तुत गरेका थिए। त्यसैगरी, एकल र समूहगत रूपमा गीत–संगीत प्रस्तुत गरेका थिए। विद्यार्थीको कला प्रस्तुति हेरेर अभिभावक तथा शिक्षक शिक्षिकास“गै अतिथिहरू रमाएका थिए। विद्यार्थीले आप्mना संस्थापक प्रिन्सिपल एनके सिंहप्रति समर्पित नृत्य प्रस्तुत गरेर भावुकसमेत बनाएका थिए।

सो अवसरमा विद्यार्थीहरूलाई विभिन्न विधाको पुरस्कार पनि प्रदान गरिएको थियो। कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपलको स्मृतिमा स्थापित १० हजार रुपिया“ नगदसहितको एनके सिंह स्मृति शिक्षा पुरस्कार एसईईमा सर्वोत्कृष्ट स्थान हासिल गर्ने श्रेया श्रेष्ठलाई प्रदान गरियो। त्यसैगरी प्रिन्सिपलको नाममा स्थापित प्रमिला सिंह शिक्षा पुरस्कार एसईईमा उत्कृष्ट स्थान हासिल गर्ने रोशनी सापकोटालाई प्रदान गरियो। त्यस्तै, डा. सुरेन्द्र प्रधानाङग र तारा कायस्थद्वारा स्थापित नगद १० हजार रुपिया“सहितको सुरेन्द्र तारा शिक्षा पुरस्कार एसईईमा उत्कृष्ट स्थान हासिल गर्ने विभूति गिरीलाई प्रदान गरियो भने ब्राइट प्mयुचर स्कुल नैकापका संस्थापक निर्देशक मोहन कार्कीद्वारा आप्mनो माताको नाममा स्थापित कमला कार्की स्मृति शिक्षा पुरस्कार नगद १० हजार रुपिया“सहित उत्कर्ष तिवारीलाई प्रदान गरियो। कार्यक्रममा स्कुलका शिक्षक र कर्मचारीलाई दीर्घ सेवा सम्मान २०८० बाट सम्मान गरिएको थियो।

सो स्कुलबाट २०७९ सालको एसईईमा सफलता हासिल गर्ने विद्यार्थीलाई सुशोभन गरिएको कार्यक्रममा उत्कृष्ट जीपीए हासिल गर्ने विद्यार्थीलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो। कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य प्रमिला सिंह श्रेष्ठले स्वागत मन्तव्य व्यक्त व्यक्त गरेकी थिइन् भने वडा नं. ३१ का वडा अध्यक्ष सरोज ढकाल र प्रमुख अतिथि लामिछाने लगायतले विद्यालय, विद्यार्थी तथा अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई मिल्ने लाभका सम्बन्धमा चर्चा गरेका थिए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *